
भाद्र १७-सिन्धुपाल्चोक, काठमाडौबाट अवैध रुपमा चीनको खासातर्फ लैजाँदै गरेको १ लाख १० हजार अमेरिकी डलर तस्करहरुको अर्को समूहले लुटेको छ । हिजो दिउँसो सिन्धुपाल्चोकको धुस्कुन गाविसस्थित दाबीखोला नजिकैबाट उक्त डलर लुटपाट भएको जनाइएको छ ।
सिन्धुपाल्चोक राम्चेका तिमिल्सिना थरका युवाहरुले डलर लुटेको हुन सक्ने आशंका गरिएपनि अवैध रुपमा डलर लैजान लागिएकाले प्रहरीमा उजुरी समेत नपरेको बुझिएको छ ।
बाटो अवरुद्ध भएकाले पैदलै बाह्रबिसे जाँदै गरेका बाह्रबिसेका मकरबहादुर श्रेष्ठको साथबाट ३ जनाको समूहले रकम लुटेको हो ।
Comments[ 0 ]
Post a Comment