काठमाडौंको यौनबजारलाई निहाल्दा !

 बुधबार साँझको ठीक ७:४५ बजेको छ। खुला मञ्चको दक्षिणपश्चिम गेटदेखि भोटाहिटीतिर जाने सब वेसम्मको फुटपाथमा मेला लागेजस्तै मानिसको भीड छ। यो पंक्तिकार त्यो मानिसहरूको भीडमा देखिने दृश्यका विभिन्न बान्कीहरू नियालिरहेछ। भीडमा विभिन्न झुन्ड छन्।

तीमध्ये एक झुन्डमा  एक महिला र तीनजना पुरुष थिए। सेता बुट्टेदार कुर्ता सलवारमा सजिएकी ती गोरो वर्णकी महिला हदै भए बिश वर्षकी होलिन्। महिला भन्दै थिइन्, 'पन्ध्र सयबिना मरे जान्‍ने।'   पुरुष भन्दै थिए, '५ मा कुरा मिलाऊ न।'  आफूले भनेजस्तो मूल्य नपाएपछि महिला ओठ लेब्य्राउँदै झुन्डबाट अलग्गिइन्। 
पंक्तिकारको आँखा पुग्यो, अर्को दृश्यमा। दृश्य अलि अनौठो थियो। सुनौलो रङको कुर्ता सलवार लगाएर रेलिङमा ढेसिएर बसेकी एक वृद्धा ग्राहकसँग कुरा मिलाउँदै थिइन्।  वृद्धा आमासमान थिइन् भने ग्राहक युवा छोरासमान। '६० कटेकी पनि ग्राहक खोज्न आइछन्', पंक्तिकारले मनमनै सोच्यो। वास्तविकता बुझ्न ती दुई छेउ पुग्दा थाहा भयो, ती वृद्धा ग्राहक खोज्नै आएकी रहिछन् तर आफ्नो लागि होइन। ती युवा ग्राहकलाई फकाउने भावमा वृद्धा भन्दै थिइन्, 'भाइले खोजेजस्तै छन्, राम्रीराम्री छन्।' थाहा भयो, कमिसनका लागि सडकमा लाग्ने यौनबजारमा वृद्धाहरू पनि आउँदा रहेछन्।

पहिले साँझ ढिलो भए ५/६ बजेसम्म मात्रै सडकमा देखिन्थे, महिला यौनकर्मीहरू। साँझ ढल्केपछि ग्राहक खोज्ने तेस्रो लिंगीहरूको कब्जामा पथ्र्यो सडक। तर, बुधबार साँझमा गरिएको अवलोकनमा महिला र तेस्रो लिंगीहरू सराबरी थिए, ग्राहकको खोजीमा। यसबाट स्पष्ट हुन्छ, काठमाडौंको सडकमा लाग्ने यौनबजार केही उदार र विस्तारित हुँदै गइरहेको छ।

पंक्तिकार बुधबार बिहान ११:१५ बजे पनि सोही ठाउँमा पुगेको थियो। त्यहाँ भर्खरै यौनकर्मीहरू आउन सुरु गरेको देखियो। तीमध्ये पंक्तिकारले १३ वर्षअघि देखेको यौनकर्मी महिला फेला परिन्। सेतो टीसर्ट लगाएकी आफ्नी साथीसँग थिइन् उनी। गालाको दाहिने भाग जलेर गहिरो खत बसेको ती यौनकर्मी महिलालाई पंक्तिकारले एक चिया पसलमा बोलाएर तीन सय रुपैयाँ दिई यौनकर्मीका बारेमा केही सूचना चुहाएको थियो, १३ वर्षअघि।

पहिलोपल्ट यौनकर्मी देख्दा

पंक्तिकारले काठमाडौंका सडकमा प्रशस्तै यौनकर्मी छन् भन्ने सुनेको मात्रै थियो। सुनेपछि उनीहरूलाई हेर्ने इच्छा तीव्र हुँदै गइरहेको थियो। एक दिन सँगै डेरा बस्ने साथी हस्याङफस्याङ गर्दै कोठामा आइपुग्यो। उसले सुनाएको विवरण यस्तो थियो, 'म आउँदै थिएँ। पानी पर्‍यो।

पानी परेपछि ओत लाग्न एउटा होटलभित्र छिरेँ। भित्र छिरेको, त्यहाँ त यौनकर्मीको बजारजस्तै पो रहेछ। मलाई साह्रै कर गरे। न म आफू उनीहरूसँग जान चाहने, न पैसा छ। तर, काठमाडौंमा दिउँसै यस्तो हुन्छ भन्नेचाहिँ थाहा भयो।'

वीर अस्पताल र ट्रमा सेन्टरको बीच हुँदै जाने एउटा बाटो छ। पहिले लोकल कुखुरा बेच्ने त्यो बाटोको वीर अस्पतालतिरको किनारमा साना गाडी र मोटरसाइकल पार्किङ हुन्छ अहिले। त्यो बाटो हुँदै जादा न्युरोड नपुग्दै २५ पाइला वर एउटा लज थियो।

त्यो लजमा प्रशस्तै महिला हुन्थे। उक्त लजमा दिनदहाडै यौनकर्म हुँदो रहेछ। लजमा यौनकर्म रोकियो। पछि प्राय: गुलाबी रङको टीसर्ट र जिन्स पाइन्ट लगाउने महिला सडकमा मोलमोलाइ गरिरहेको देखा परिन्। पंक्तिकारले पहिलोपल्ट यौनकर्मीको रूपमा देखेको महिला तिनै हुन्। १३ वर्षअघि देखिएकी ती महिला अहिले पनि दैनिक रूपमा सडकमा ग्राहकको खोजीमा भौंतारिइरहेकी भेटिन्छिन्।

तर, प्रत्यक्ष रूपमा पहिलो पटक यौनकर्मी महिलासँग भएको साक्षात्कार अलि रोमाञ्‍चक छ। नक्‍कली एडिडास जुत्ताले खुट्टा साह्रै दुखिरहेको थियो। वीर अस्पतालको आकासे पुलमा जुत्ता फुकालेर दुखेको दाहिने खुट्टाको कुर्कुच्चा सुम्सुम्याउँदै गर्दा पुलतिर उक्लँदै गरेकी एक महिलाले भनिन्, 'हेल्लो !'   पुलुक्क हेर्दा ती महिलाले भनिन्, 'जाने हो?'   बुझिहालियो, ती महिला यौनकर्मी हुन्। सुरुमा त खुट्टाको दु:खाइका कारण अलि झर्किएर जवाफ दिइएछ, 'जान्‍न, नजाने।'   एकछिनपछि समालिएर सोधियो, 'कति हो?'  'पाँच सय', उनले भनिन्।   त्यतिखेरै मुटुको धड्कन बेजोडले बढ्यो। वरिपरि परिचितहरूले देखे कि ! डर लाग्यो। त्यसपछि सुइँकुच्चा ठोकियो।

आँखा अलि टेढो भएकी ती महिला आफ्नी कलिली छोरी लिएर सडकमा आएको देखिन्थ्यो। सम्भवत: उनी आफ्नी छोरीलाई पनि आफूजस्तै बनाउन चाहन्थिन्।

अलि बढी रक्सी सेवन गर्ने ती महिला अचेल सडकमा भेटिन्नन्। उनीजस्तै केही यौनकर्मी देखिन छाडेका छन्। दुईजनाको त अनुहारको घाउ बढ्दै गएको देखिन्थ्यो। उनीहरू कि दिवंगत भए कि त पेसा छाडे।

छोरा डोर्‍याउँदै ग्राहकको खोजी

एक महिला सुन्धारा, वायुसेवा निगमको बाटो हुँदै वीर अस्पतालदेखि भोटाहिटीसम्म ग्राहकको खोजी गर्दै हिँडेको देखिन्थिन्। पहाडी मूलकी, कपाल थाई कट् काटेकी करिब साढे पाँच फिट अग्ली महिला प्राय: कुर्ता सुरुवालमा भेटिन्थिन्। उनलाई देख्दाको दृश्य पंक्तिकारलाई निकै मर्मस्पर्शी लाग्यो। उनको चोर औंला समाएर हिँडिरहेको हुन्थ्यो, उनको छोरा।

उनी जब ग्राहकसँग मोलमोलाइ गर्न थाल्थिन्, तब छोरालाई उनी केही पर दूरीमा खेल्न पठाउँथिन्। ती निर्दोष छोरालाई के थाहा, आफ्नी आमाको पेसा र बाध्यताबारे। तर, आफू जस्तोसुकै पेसामा रहे पनि उनको मातृवात्सल्य अनुकरणीय थियो। अहिले केही वर्षयतादेखि ती महिला पहिले उनी घुमफिर गर्ने क्षेत्रमा देखा पर्न छाडेकी छन्।

वीर अस्पतालअगाडिको आकासे पुलमा पहिलोपटक मैले साक्षात्कार गरेको यौनकर्मी महिला पनि आफ्नी सानी छोरी लिएर ग्राहकको खोजीमा निस्केको पटकपटक देखियो। भर्खरै टुकुटुकु हिँड्ने छोरी थिइन्, उनको साथमा। ती छोरीको खुट्टामा चाइँचाइँ चुइँचुइँ आवाज आउने जुत्ता थियो।

गर्भवती पनि यौन पेसामा

वीर अस्पतालअगाडिको सडक र आकासे पुलमा यौनकर्मीहरूको पहिचान भएपछि त्यसबारे इन्डेफ्थ रिपोर्टिङ गर्ने मन भयो। आफूसम्बद्ध एक मासिकका सम्पादकलाई यो कुरा राखेपछि उनी खुसीले उफ्रिए। सञ्चारमाध्यममा यौन विषय निकै बिकाउ सामग्री बनिसकेको रहेछ।

सडकमा लाग्ने यौनबजारबारेको रिपोर्टिङको असाइन्मेन्ट पूरा गर्न एक महिनासम्म लगातार सडकमा बसेर सूचना संकलन गर्न लागियो। वीर अस्पतालअगाडि पहाडी मूलका यौनकर्मीहरूले अखडा जमाएका रहेछन् भने सुन्धारा क्षेत्रमा तराई मूलकाले। सुन्धारा क्षेत्रमा ग्राहक खोजी गर्नेहरूमध्ये एकजना ५० कटेकी प्रौढ महिला पनि देखा परिन्। त्यस क्षेत्रमा ग्राहकहरू पनि तराई मूलकै बढी देखियो।

त्यहाँका ग्राहकको खोजी गर्नेमध्ये एकजना गर्भवती थिइन्। सम्भवत: उनी आफ्ना पतिकै अर्थात् पारिवारिक सहमतिबाटै यौनबजारमा आएकी हुन्। त्यो दृश्यले अलि मार्मिक बनायो, पंक्तिकारलाई। पेटमा बच्चा बोकेर पनि यौन पेसामा आउने बाध्यता हुँदो रहेछ। 
रत्‍नपार्कभित्र केन्द्रित

पहिले वीर अस्पतालअगाडि र सुन्धारा यौनकर्मी महिलाहरूको अखडा थियो। पछि दुवै ठाउँबाट उनीहरूलाई धपाइयो। त्यसपछि उनीहरू रत्‍नपार्कभित्र केन्द्रित भए।

वीर अस्पतालअगाडि वा सुन्धारामा ग्राहकको खोजीमा निस्केका यौनकर्मी महिलाहरू प्रशस्तै भए पनि रत्नपार्कभित्रको परिसरमा पनि यौनकर्मी महिला भेटिन्थे। वीर अस्पतालअगाडि र सुन्धाराबाट धपाइएपछि सबै रत्नपार्कभित्र केन्द्रित भए।

विगत एक महिनादेखि रत्‍नपार्क सबैका लागि बन्द गरिएको छ। रत्‍नपार्क पुनर्निर्माण हँदैछ। त्यसैले अहिले खुलामञ्चको दक्षिणपश्चिम गेटदेखि भोटाहिटी जाने सब वेसम्मको क्षेत्र यौनकर्मीहरूले ग्राहक कुर्ने वा यौनकर्मी पाइने क्षेत्र बनेको छ। खासगरी दिउँसो ३ बजेदेखि उनीहरूको बाक्लो जमघट हुन्छ। कतिपय यौनकर्मी खोज्दै जाने भेटिन्छन् भने कतिपय रमिता हेर्न जाने।

रेस्टुराँभरि यौनकर्मी

राजधानीको यौनबजार नियाल्ने क्रममा पंक्तिकार यस्तो एउटा ठाउँमा पुग्यो, जहाँ यौनकर्मीको बजार लाग्थ्यो। दरबारमार्गको एउटा रेस्टुराँ थियो, जसको नाम थियो, ट्वान्टी फोर आवर। महेन्द्र सालिकको ठीक अगाडि तत्कालीन होटल उडल्यान्डसँग जोडिएको त्यो रेस्टुराँ दिनभरि बन्द हुन्थ्यो र रातभरि चलेर बिहान ५ बजे बन्द गरिन्थ्यो।

त्यहाँ कहिलेकाहीँ त पुरुषभन्दा महिलाको संख्या बढी देखिन्थ्यो। रेस्टुराँ पूरै यौनबजार। त्यहाँबाट मोलमोलाइ गरेपछि बाहिर निस्कन्थे, यौनकर्मी र ग्राहक। तेस्रो लिंगीहरू पनि प्रशस्त आउँथे।

एक दिन त्यहाँ एउटा घटना भयो। एकजना सानीसानी लाग्ने यौनकर्मी रिसाउँदै, कसैलाई सराप्दै र आवश्यक परे कारबाही गर्ने भन्दै आइपुगिन्। भन्दै थिइन्, 'मैले चिनेको एउटा सई छ, उसलाई भनेर पक्राइदिन्छु सालालाई।'   'के भयो?', उनकी साथीले सोधिन्। 'म नांगै थिएँ, मेरो छातीको फोटो पो मोबाइलबाट खिच्न खोज्दो रहेछ', उनले आफ्नी साथीलाई भनिन्, आक्रोशित भावमा।

कान थापेर सुन्दा के पत्ता लाग्यो भने ती महिलाले एक भारतीय ग्राहक फेला पारिछन्। एक हजार भारुमा कुरा मिलेछ। दुवैबीच यौनसम्बन्ध भएछ। त्यसपछि ती ग्राहकले आफ्नो मोबाइलबाट नग्न अवस्थामा ती महिलाको फोटो खिच्न खोजेछ। महिलालाई रिस उठेछ। झोकिएर भन्दै थिइन्, 'ल फोटो त खिच्ने रे, नांगो छाती भएको फोटो खिच्न म किन दिने? सालाले एक पोज खिच्न भ्याइहाल्यो।'

त्यही रेस्टुराँमा ग्राहक खोज्दै आएकी एक महिलालाई देखेँ, कतै देखेको वा चिनेजस्तो। देब्रे पाखुरामा बिच्छीको ट्याटु खोपेकी रहिछन्, त्यहीमात्रै परिवर्तन देखेँ, अरू जम्मै उस्तै। उनलाई सोधेँ, 'तिम्रो घर धरान हो?' उनले भनिन्, 'हो।' 'तिमी ... दाइको घरमा बसेकी थियौ हो?'   फेरि जवाफ आयो, 'हो।'

ती महिला त म बसेको धरानको सैनिक भवन चोकको घरमा केही साता खाना पकाउन बसेकी थिइन्। म त्यो घरमा पेइङ गेस्ट थिएँ। त्यसपछि घरवाला दाइकी भान्जीको जुत्ता चोरेर भागेकी थिइन्। उनलाई त काठमाडौंको यौनबजारमा आफ्नो शरीर बेच्न ग्राहक खोजी गरिरहेको अवस्थामा पो भेटियो।

तत्कालीन राजा ज्ञानेन्द्रले शासनसत्ता लिएपछि त्यो ट्वान्टी फोर आवर रेस्टुराँ बन्द भयो। त्यसपछि त्यो यौनबजार स:यो, दरबारमार्गमा रोकिने ट्याक्सीहरूमा। यौनकर्मी ट्याक्सीभित्र बस्ने, ग्राहकसँग ट्याक्सीभित्रै मोलमोलाई गर्ने, त्यसपछि कुरा मिले रेस्टुराँ र लजतिर जाने। अहिले दरबारमार्ग क्षेत्रमा सपिङ मलहरू चल्तीमा आएपछि ट्याक्सीको ठाउँमा निजी गाडी पार्किङ हुन्छ।

तेस्रो लिंगीले झुक्याएछन्

काठमाडौंको यौनबजारमा सोह्र शृंगारमा आउँछन् ग्राहक खोजी गर्ने तेस्रो लिंगीहरू। पहिले उनीहरूको केन्द्र थियो, ठमेल। अहिले रत्नपार्क केन्द्रित भएका छन्। एक साँझ सहकर्मी मित्र बालकुमार नेपालसँग रमिता हेर्न ठमेल पुगियो।

त्यहाँ एउटा अनौठो दृश्य देखियो। तेस्रो लिंगीहरू भागिरहेका थिए, एकजना व्यक्तिचाहिँ हेल्मेट लिएर उनीहरूलाई खेदिरहेका। अचम्म परियो। ती व्यक्ति तेस्रो लिंगीप्रति आक्रोश पोखिरहेका थिए। भन्दैथिए, 'झुक्याउने?'

कुरा के परेछ भने ती व्यक्ति महिला यौनकर्मी ठानेर तेस्रो लिंगीको पछि लागेछन्। यौनसम्पर्क गर्ने बेलामा फरक लिंग फेला प:यो। त्यसपछि आक्रोशित भएका रहेछन्।
- अन्नपूर्ण पोस्टबाट सावार
Read more…

दुई रात्री बस दुर्घटनामा परी मृत्‍यु हुनेको संख्‍या १० पुग्‍यो,३० घाइते, १२ को अवस्था गम्‍भीर -

चितवन: मकवानपुरको बसामाडीमा दुई रात्री बस दुर्घटनामा परी मृत्‍यु हुनेको संख्‍या १० पुगेको छ। दुर्घटनामा परेका आठ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा ज्‍यान गएको हो। दुर्घटनामा परी घाइते भएका २६ वर्षीया रसियन नागरिक दरिया मल्चापोभाको मकवानपुर जिल्‍‍ला अस्पताल र प्रिजन दाहालको चितवन मेडिकल कजेल भरतपुरमा ज्‍यान गएको हो। घाइते यात्रुहरुको चितवन मेडिकल कलेज भरतपुर र मकवानपुरमा  उपचार भइरहेको छ। रात्री बसमा सवार २३ जना घाइते भएका छन्।  घाइतेमध्‍ये १२ जनाको अवस्था गम्‍भीर रहेको बताइएको छ।

काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको ना ४ ख ५४४८ नम्बरको रात्री बस र इलामबाट काठमाडौंतर्फ आउँदै गरेको ना ५ ख ४८४१ नम्बरको रात्री बस  आपसमा ठोक्‍किएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत्‍यु हुनेमा इलाम पीपलबोटेका रोसन भट्टराई, इलाम बरबोटे-४ का प्रवीनराज आचार्य,  इनपा २ की सुजता काफ्ले,  इनपा ३ रक्षा श्रेष्ठ, नाम्सालिङका मिलन अधिकारी, इनपा ४ इसा कार्की र रसियन नागरिक २६ वर्षकी दरिया मल्चापोभा रहेका छन्। अन्‍यको भने सनाखत भइसकेको छैन। मृत्यु हुने ६ जना पुरुष र ३ महिला रहेका छन्।
Read more…

घर झगडाले निम्त्याएको बज्रपातः बाबु बेपत्ता भए लगतै छोराद्वारा आत्महत्या -

कात्तिक १४, सोलुुखुम्बु  – काँकु–८, सोलुुखुम्बुका गमबहादुर राई घर झगडा गरेर घर छाडेर बेपत्ता भए लगतै छोरा तिलकबहादुर राईले विष सेवन गरी आत्महत्या गरेका छन् ।

रहरी निरीक्षक खगेन्द्रबहादुर खड्काले दिएको जानकारी अनुसार बुधबार घरमा बाबुछोराबीच झगडा भएपछि बाबु बेपत्ता भएको र साँझ छोराले विष सेवन गरेका हुन्।

विष सेवन गरेका २९ वर्षीय तिलकलाई तत्कालै इलाका स्वास्थ्य चौकी बासा लगिएकामा उनको त्यही निधन भएको थियो ।

छोराको निधन भएपछि बाबुको व्यापक खोजी गरिएको भए पनि कतै भेटिएको छैन । घरमा रहेका बाबु, आमा र श्रीमतीसँग झगडा गरेपछि सबैजना भागेको मौकामा राईले विष सेवन गरेको बताइएको छ ।

साँझ श्रीमती घर फर्कंदा विष सेवन गरेको भेटाएपछि स्वास्थ्य चौकी लगिएको र उनको मृत्यु भएपछि बिहीबार खोजी गर्दा आमा चाहिँ गाउँमा भेटिएको भए पनि बाबु अझै बेपत्ता छन् ।

सम्भावित सबै स्थानमा खोजी गरिए पनि बाबु गमबहादुरको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ ।
Read more…

विवाह गर्नु अघि छोरी लाइ सेक्स गर्न आनुमति दिने घर

हाम्रो समाजमा छोरीचेलीको अस्मिता बाबुआमाको लागि सबैभन्दा महत्वको विषय हुन्छ । बिहे नगरेकी छोरी कोही तन्नेरीसँग लसपस गरी भने बाउआमाको नाकै काटिन्छ ।
तर कम्बोडियाको एउटा गाउँ यस्तो छ जहाँका बाबुहरु आफ्नी छोरीलाई विवाह अघि नै सेक्सका लागि उक्साउँछन् र कुमारित्व तोड्न प्रोत्साह गर्छन् ।
कम्बोडियाको उत्तरपूर्वी गाउँमा बस्ने क्रेयंग आदिवासीमा यस्तो प्रचलन छ । त्यहाँका हरेक पुरुषहरु आफ्नी जवान छोरी बिहेसम्म कुमारी नरहोस् भन्ने चाहन्छन् । छोरीले कुनै तन्नेरी फेला पारोस्, ऊ सँग पिरती गाँसोस् र कुमारीपन भंग गरोस् भन्ने चाहना बुवाहरुमा हुन्छ ।
त्यहाँका पुरुषहरुमा युवासँग रात बिताउँदा छोरीहरु आत्मविश्वासी हुन्छन् र साहसिक हुन्छन् भन्ने मान्यता छ । त्यसैले त्यस गाउँका हरेक बाउहरुले छोरी जवान बन्न थालेपछि एउटा घर बनाइदिन्छन् । त्यो घरलाई प्रेमको छाप्रो भनिन्छ । जहाँ छोरी गएर बस्छिन्, तन्नेरीसँग हेलमेल र लसपस गर्छिन् र निसंकोच सम्भोगको स्वाद लिन्छिन् । यो प्रथा छोरीचेलीलाई राम्रो लोग्ने भेट्टाउने सबैभन्दा राम्रो उपाय रहेको विश्वास त्यस गाउँमा रहेको छ ।
यसरी प्रेमको छाप्रोमा बाउआमाकै अनुमतिमा सम्भोग गर्ने तरुनी तन्नेरीहरुले गर्भधारण रोक्न योनीमा रक्सी खनाउने तथा विभिन्न खालका किराको झोल लगाउने परम्परागत तरिका अपनाउने गरेकोमा अहिले भने धेरैले कण्डम प्रयोग गर्ने गर्छन् ।
Read more…

नाङगै टेवलटेनिस खेल्ने प्रतियोगिता

हामीले अहिलेसम्म न्यूड होलिडे रिसोर्ट र न्यूड बयर फेस्टिभको बारेमा सुनेकै हो । तर, लण्डनमा हालै एक टेनिस प्रयोगिता भएको छ, जसमा सहभागी हुन शरिरमा एक टुक्रो कपडा पनि लगाइदैन् ।

होलबर्नमा पहिलोपटक यस्तो प्रतियोगिता आयोजना गरिएको हो । जसमा भाग लिनेहरुलाई नाङ्गै भएर खेल्ने छुट थियो ।
http://meroknowledge.blogspot.com/


प्रतियोगितामा भाग लिन विभिन्न ठाउँबाट मानिसहरु होलबर्न पुगेका थिए । जसमा युवा युवतीको जामात ठूलो थियो । आयोजकले नाग्न भएर खेल्न चाहनेहरुका लागि छुट्टै कोठाको व्यवस्था गरेको थियो ।

उक्त कोठामा १७ टेनिस टेबलका साथै एक रेष्टुँरा र १३० भन्दा बढी बस्ने सिटको व्यवस्था थियो ।

युवायुवतीहरु सर्वाङ्गै भएर टेवलटेनिसको आनन्द लिइरहेका तस्वीरहरु सार्वजनिक भएका छन् ।
Read more…

सलमानलाई ओच्छ्यानमा मृत भेटियो ......!!!

 धादिङको गुम्दी घर भई नीलकण्ठ नगरपालिका वार्ड न. ३ बस्ने अन्दाजी ५० वर्षीय सलमान दमाइ सुतेको ओछानमा  मृत फेला परेका छन् ।   सिलाइको काम गर्ने सलमान आफ्नो घरमा नभएर लीलाबहादुर श्रेष्ठको घरमा डेरा गरी बस्दै आएका थिए । सलमानको श्रीमती मङ्गलबार काठमाडौँ गएकाले डेरामा एक्लै रहेका उनी बिहान मृत अवस्थामा फेला परेका हुन् । मृतकको शव परीक्षणका लागि धादिङ अस्पताल लगिएको छ ।
Read more…

बिना कपडानै येसरी फोटोसुटमा मस्त हुन थाले मोडलहरु (तस्वीर सहित)

 एजेन्सी। इंग्लिश मोडल रोजी हन्टिंगटन ह्वाईट्लीले फोटोसुट गराएकी छिन् । अष्ट्रेलियाको एक सौन्दर्य प्रशाधन कम्पनी ‘मोडेल्को’को एक अभियानका लागि रोजीले टपलेस फोटोसुट गराएकी हुन् ।
२६ वर्षीया ‘इंग्लिश सुन्दरी’ रोजीले ‘मोडेल्को’को लागि अष्ट्रेलियास्थित हेम्यान द्धीपमा टपलेस मोडलिङ गरेकी हुन् । फोटोसुटका क्रममा विभिन्न अवतारमा पोज दिएकी अभिनेत्री समेत रहेकी रोजीलाई निकै सुन्दर देखिएको छ ।
अष्ट्रेलियन सौन्दर्य प्रशाधन कम्पनीको प्रवद्र्धनका गरिएको यस फोटोसुटमा रोजी मादक देखिएकी छिन् ।

Read more…

कसैले आफ्नी छोरीलाई फकाएर विवाह गरेमा १३ अर्ब २० करोड इनाम दिने घोषणा -

(एजेन्सी) - भनिन्छ एउटा बुवाको लागि आफ्नी छोरी राजकुमारी समान हुन्छे । जतिसुकै माया गरेपनि उमेर भएपछि छोरीको विवाह गर्न जो पनि आमा–बुवा आतुर हुने गर्दछन् । यस्तै हङकङका एक धनाढ्यले आफ्नी छोरीलाई विवाह गर्ने पुरुषलाई अर्बपती बनाइदिने घोषणा गरेका छन् ।
हङकङका शीर्ष स्थानमा रहेका व्यापारी सेसिल चाउले आफ्नी छोरी गिगी चाउलाई विवाह गर्ने पुरुषलाई ८ करोड पाउन्ड दिने बताएका छन् ।
नेपाली रुपैया“ करिब १३ अर्ब २० करोड रुपैयाँ घोषणा गरेका चाउले सुरुमा चार करोड दिने बताएको र छोरीलाई मनाएर लानसके दोब्बर रकम दिने बताएका छन् । समाचारमा जनाइएअनुसार सेसिलकी छोरी गिगी लेस्बियन हुन् । गिगी चाउले दुईवर्षअघि एक महिलास“ग समलिंगी विवाह गरेकी थिइन् । स्मरण रहोस्, हङकङमा समलिंगी विवाहमाथि रोक छ ।
सेसिलले यसअघि छोरीको बिहेका लागि ३९ मिलियन पाउन्ड घोषणा गरेका थिए । यसमा २० हजार युवाले आवेदन दिएका थिए । तर कोही आवेदनकर्ता नआएको बताइन्छ ।
Read more…

काठमाडौं मल खाली गराउन सञ्चयकोषद्वारा निर्देशन

ठमाडौं,कात्तिक १३ – कर्मचारी सञ्चय कोषले बक्यौता भाडा तथा एक वर्षको भाडा जमानत पेस नगरेको भन्दै सुन्धारामा रहेको काठमाडौं मललाई खाली गर्न निर्देशन दिएको छ ।
कोषले भवनको करार सम्झौता तर करार सम्झौता गरेका राणाले कोषको निर्देशन वेवास्ता गर्दै बक्यौता तथा जमानत रकम नबुझाएपछि कोषले भवन खाली गर्न निर्देशन दिएको हो । कोष र राणाबीच २०६२ भदौ १ गते भवन भाडामा लिने सम्बन्धमा करार सम्झौता भएको थियो । सूचना प्रकाशित भएको मिति अर्थात् बुधबारदेखि करार सम्झौता औपचारिक रुपमा भंग भएकाले करार सम्झौताको दफा १० बमोजिम एक महिनाभित्र सो अबधिसम्मको भाडा चुक्ता गर्न कोषले राणालाई निर्देशन दिएको छ । कोषले मल भएको पूरै भवन खाली गराई पूर्ववत तरिकाले कोषलाई हस्तान्तरण गर्न पनि राणालाई निर्देशन दिएको छ । आजको आर्थिक दैनिकमा खबर छ ।
गरेका प्रविण शम्सेर राणा तथा मलमा व्यवसाय गरिरहेका व्यवासायीका नाममा सूचना प्रकाशित गरी भवन खाली गर्न निर्देशन दिएको हो । कोषले यसअघि पटकपटक सूचना प्रकाशित गरी मलको बाँकी बक्यौता तथा एक वर्ष बराबरको भाडा रकम जमानत पेस गर्न निर्देशन दिएको थियो ।
Read more…

चुम्बन र बेडसिन मात्र लिएर प्रियंकाकी बहिनी विवादमा

बलिउड नायिका प्रियंका चोपडाकी एक बहिनी प्रवेश गर्दैछिन् । तर, उनको बलिउड प्रवेश सुखद भन्दा पनि हंगामाका साथ हुने देखिएको छ । मनारा हांडाले अभिनय गरेको पहिलो चलचित्र ‘जिद’को पोष्टर सार्वजनिक भएसँगै विवाद बढेको थियो ।

अब, यो सिनेमाको ट्रेलर पनि सार्वजनिक गरिएको छ । जहाँ मनाराले चुम्बनका थुप्रै दृश्य दिएकी छिन् । यस्तै, चलचित्रका पुरुष पात्रसँग उनले दिएको बेड सिन पनि अत्यन्त बोल्ड लाग्छ ।

बलिउडमा चर्चा कमाउनका लागि मनाराले यस्तो दृश्य दिएको सजिलै अड्कल काट्न सकिन्छ । यो सिनेमा चलाउनका लागि भारतका सिनेमा घरहरुले पनि आनाकानी गरिरहेका छन् । नोभेम्बर महिनामा प्रदर्शनमा आउन लागेको सिनेमाको पोष्टर हलमा राख्न नै हल संचालकहरुले मानेका छैनन् ।
Read more…

गत महिना अवैध बेश्याबृत्तिको आरोपमा पक्राउ परेकी दक्षिण भारतीय नायिका श्वेता बसुलाई छाड्न हाइ प्रोफाइल ब्यक्तिहरुको दबाब बढ्यो !

भारत । गत महिना अवैध बेश्याबृत्तिको आरोपमा पक्राउ परेकी दक्षिण भारतीय नायिका श्वेता बसुलाई छाड्न दबाब बढेको छ । एक अंग्रेजी पत्रिकाका अनुसार सेक्स गर्दा गर्दै रंगेहात पक्रिएकी बसुलाइ रिहा गर्न उच्च ओहोदा र प्रभावशाली ब्यक्तिहरुले दबाब दिइरहेको बताइन्छ ।पत्रिकाका अनुसार बसु कयौ हाइ प्रोफाइल ब्यक्तिहरुसँग उठबस गर्ने गरेको र लामो समय जेलमै रहेमा ती उच्च पदस्थ ब्यक्तिहरुको समेत नाम बेश्याबृत्तिमा मुछिन सक्छ । तसर्थ बसुलाई रिहा गराउन चाहन्छन पत्रिकामा भनिएको छ । -
Read more…

सार्क सम्मेलन नजिकिँदै जाँदा हुन थाल्यो भारतविरोधी गतिविधि -


 कात्तिक १३, चितवन – सार्क सिखर सम्मेलन (SAARC) मिति नजिकिदै गर्दा चितवनमा भारत बिरोधी गतिबिधि देखिन थालेको छ । चितवनका विभिन्न कार्यालयमा रहेको भारत सरकारको झण्डा मेटाएर भारत बिरोधी गतिबिधि सुरु हुन थालेको देखिएको हो ।
भारत सरकारको सहयोगमा निमार्ण भएका भौतिक संरचनामा कुदिएको भारतको झण्डा रातिराति मेटिन थालेका छन् । भौतिक संरचना निमार्णको मिति सहित नेपाल र भारतको झण्डा क्रस गरी नेपाल भारत सहयोग लेखिएको सिला लेखमा रातो पोती भारत भन्ने शब्द र भारतीय झण्डा मेटाईएको देखिइएको छ ।
भरतपुरमा रहेको बिरेन्द्र क्याम्पस भित्रको लाईबेरी भवन नजिकै रहेको सिला लेखमा रातको समयमा रातो पोती मेटाईएको देखिएको कलेजका विद्यार्थी प्रशान्त अधिकारीले बताए ।
कुन समुहले किन सिलालेख मेटायो भन्ने कुरा खुल्न नसकेको बिरेन्द्र क्याम्पस प्रशासनले बताएको छ ।
त्यस्तै शारदानगर कलेजमा रहेको सिला लेख पनि मेटाएको कलेजले जनाएको छ । सार्क सिखर सम्मेलन नजिकिदै गर्दा भारत बिरोधी गतिबिध हुन थालेको भन्दै चितवनमा चिन्ता हुन थालेको छ ।
चितवनको माडीमा , शारदानगर र भरतपुरको बिरेन्द्र क्याम्पस लाईब्रेरी भारत सरकारको सहयोगमा निमार्ण भएको हो । भने १ दर्जन एम्बुलेन्स पनि भारत सरकारको सहयोगमा सञ्चालनमा छन् ।
Read more…

भारतीय भुतपुर्ब प्रधानमन्त्री इन्दिरा गान्धी हत्याको तीन दशक !

गान्धी वंशको अस्तित्व सत्तामा प्राप्तको लागि सङ्कट देखियको छ !
नयाँ दिल्लीः सन् १९८४ को अक्टोबर ३१ मा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीलाई जब उनिकै अङ्गरक्षकले गोली हानी हत्या गरे सो समयमा गान्धी वंशको निरन्तरताका लागि छोरा राजिव गान्धीलाई प्रधानमन्त्रीको पदमा राखियो ।

भारतमा गान्धी परिवारलाई राजनीतिक वंशजका रुपमा पनि लिइन्छ । सोही वंशजको विरासत धान्न छोरा राजिव गान्धीलाई प्रधानमन्त्रीका रुपमा आसिन गराइएको थियो ।

तर भारतीय राजनीतिमा एक बलियो उम्मेदवार (आइरन लेडी) का रुपमा रहेकी पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको हत्याको आज तीस वर्ष पुग्दा भने भारतको सो राजनीतिक वंशजलाई यतिखेर निकै अप्ठेरो परिरहेको बुझिएको छ ।

सो राजनीतिक वंशजले गरिरहेको भारतीय काँग्रेस पार्टी यतिखेर सत्तामा नभएको अबस्ता छ । सत्तामा नभएको मात्र होइन यतिखेर सो पार्टी निकै कमजोर प्रतिपक्षका रुपमा उभिएको छ ।

सोही राजनीतिक वंशजका एकजना निकटतम सदस्य राहुल गान्धी (इन्दिरा गान्धीका नाती र पूर्व प्रधानमन्त्री राजिव गान्धीका छोरा) यतिखेर पार्टी नेतृत्वमा आइपुगेका छन् तर संसद्मा झिनो मतका आधारमा प्रतिपक्षको भूमिका निर्वाह गरिरहेका छन् ।

भारतमा काँग्रेसका बारेमा कयौँ पुस्तक लेखेका एकजना बुद्धिजीवी रसिद किदवायी भन्छन्– इन्दिरा गान्धी वास्तवमा भारतमा काँग्रेसलाई व्यापकता दिने नेत्री थिइन् तर अहिले सो कुराको खाँचो उक्त पार्टीभित्र महसुस भइरहेको छ ।

गएको मे महिनामा भएको आमनिर्वाचनमा त्यहाँको विपक्षी दल भारतीय जनता पार्टी सत्तामा आएको छ भने सत्तारुढ दल काँग्रेस विपक्षमा उभिएको छ । काँग्रेस दुई दशकलामो शासनपछि सानो आकारको प्रतिपक्षी दलका रुपमा पछिल्लो समयमा देखिएको छ ।  

जसको अभावका कारण पनि भारतमा काँग्रेसको यो गत सुरु भएको छ– उनको भनाइ छ । भारत स्वतन्त्र भएको ६७ वर्षमा भारतमा काँग्रेसले कम्तीमा पनि ५० वर्ष शासन गरेको छ । भारतमा काँग्रेसलाई नै सधैँ सत्तारुढ दलकै रुपमा विकास गरिएको थियो ।

इन्दिरा गान्धीका पिता जवाहरलाल नेहरु भारत स्वतन्त्र भएपछिका पहिलो प्रधानमन्त्री हुन् । उनले सन् १९४७ देखि १९६४ सम्म प्रधानमन्त्रीका रुपमा काम गरेका छन् ।

नेहरु प्रधानमन्त्रीबाट हटेको दुईवर्षपछि देखि नै इन्दिरा गान्धी प्रधानमन्त्री बनेकी हुन् । उनले पनि सन् १९६६ देखि १९७७ सम्म भारतमा प्रधानमन्त्रीका रुपमा सेवा गरेकी छिन् । त्यसपछि पनि उनी सन् १९८० पछि फेरि प्रधानमन्त्रीका रुपमा सत्तामा आएकी थिइन् । उनी प्रधानमन्त्री रहेकी बेला हत्या भएको थियो ।


उनको हत्यापछि पनि उनका छोरा राजिव गान्धीलाई भारतको प्रधानमन्त्रीका रुपमा अघि सारिएको हो । पछि उनको पनि हत्या भएको थियो । राजिव गान्धीको हत्या सन् १९९१ मा तामिलहरुले गरेका थिए । उनलाई पनि प्रधानमन्त्री रहेकै बेला हत्या गरिएको थियो ।

त्यसपछि भने उनकी श्रीमती सोनिया गान्धीले पार्टीको बागडोर सम्हाल्दै आएकी छिन् । उनको नेतृत्वमा सन् २००४ र सन् २००९ मा भएको आम निर्वाचनमा काँग्रेस नै ठूलो दल बनेको थियो । सोही बमोजिम नै काँग्रेसले दश वर्षसम्म शासन गरेको हो ।

Read more…

उत्तेजित नहुन्जेल जति ताकत लगाए पनि नखुल्ने तर उत्तेजित हुने बित्तिकै आफै खुल्ने अचम्मको ब्रा बन्यो (भिडियो सहित)

आफ्नो अभियानले १० औँ वर्ष प्रवेश गरेको उपलक्ष्यमा ‘Ravijor’ नामक जापनिज कम्पनीले ‘Smart Bra’ नामक आफ्नो उत्पादनलाई सार्वजनिक गरेको छ । आफूलाई लगाउने व्यक्ति उत्तेजक भएको अवस्थामा यो विशेष प्रकारको ब्रा आफैँ खुल्ने गर्दछ ।
उक्त Smart Bra ले प्रयोगकर्ताको मुटुको घड्कनको गतिलाई मूल्याङ्कन गर्दै उक्त सूचना स्मार्टफोनको एप्सद्वार ब्लुटुथमार्फत पठाउने गर्दछ । मुटुको धड्कनको चाललाई बुझ्दै प्रयोगकर्ता उत्तेजक भएको कुरा पुष्टि भएपछि Bra आफैँ खोलिने कुरा उक्त कम्पनीले जानकारी दिएको छ ।
हाल सम्म बजारमा उपलब्ध भैनसकेको उक्त ब्रालाई साँचो मायाको मूल्याङ्कनकर्ता नाम दिइएको  छ । यद्यपी यो ब्रालाई त्यस्ता व्यक्तिहरुले एकपटक लगाउने सौभाग्य पाउँछन् जसले रभिजोर ब्रान्डका भित्रिवस्त्रहरु किन्न एकैपटक पाँच हजार येन खर्च गर्दछन् ।

तल दिएको छ कम्पनीले जारी गरेको अचम्मको प्रोमो भिडियोः
Read more…

US DV Lottery For 2016 Opens From October 1

The US government has announced opening of the DV 2016 starting from October 1 (9:45 pm local time in Nepal).

According to a press statement issued by the US Embassy in Kathmandu, the application period for the DV visa lottery application lasts till November 3, 2014 (10:45 pm local time). “We strongly encourage DV program entrants to apply early,” said the statement.
The United States embassy has clarified that there is no fee involved to enter the Diversity Visa lottery.  “The United States Embassy recommends against using a consultant to assist you with your application.  Please consider using a family member, friend or other trusted person if you need assistance.  No matter who provides assistance, you are solely responsible for your own application,” the embassy has cautioned.

Applicants may access the electronic Diversity Visa entry form (E-Diversity Visa) at www.dvlottery.state.gov  during the registration period.

The statement said entries for the 2016 Diversity Visa lottery must be submitted electronically during the registration period. “When registering, it is imperative that you list your spouse and all of your unmarried children under the age of 21 at the time of application.

Submissions without the inclusion of family members will invalidate your entry,” added the statement. The applicants are advised to print and save their confirmation number after registering their application.

Stating that the number is the only way to check application status, the statement has asked the applicants not to give their confirmation number to anyone.  “The only method of determining whether you were selected for the Diversity Visa is by entering your confirmation number at www.dvlottery.state.gov on or after May 5, 2015,” it said.

Entrants must provide an e-mail address as part of their entry. However, there is no email notification sent to selectees informing them they were selected.
Read more…

Connecting Nepal with ropes

Ropeways have long been recognised as an ideal mode of transportation in Nepal, but despite some pioneering projects the potential has never been fully developed. Until now.

Several tourism-related cable car projects are coming up in the next year in Pokhara, Butwal, Bhaktapur, Nagarkot, and two in Kathmandu.

“Considering Nepal’s topography and socio-economic conditions, ropeways are definitely feasible,” says Guna Raj Dhakal of the group, Ropeway Nepal set up by Nepali engineers to promote cable car projects in the country. “Building roads is six times more expensive than ropeways.”

The best known cable car system in Nepal is the one to Manakamana temple in Gorkha district. There have also been smaller ropeway projects to help farmers get their produce to market quicker.

However, attempts to start similar ventures at other shrines and mountain tops in the past decade have been delayed or abandoned due to problems with land acquisition, bureaucracy and local opposition.

But now several projects are getting ready to get off the ground. Construction has begun on a tourist cable car system from Thankot to the summit of Chandragiri (2,563m) at the western edge of Kathmandu Valley. When it is completed in June 2015, the 2.4 km cable car link will take tourists to a temple on top as well as offer spectacular views of Kathmandu and the mountains beyond.

The project includes a plan to construct a 100-room hotel designed by architect Arun Pant on the summit, a Shiva temple and an amusement park at the bottom station in Thankot. Equipment is being imported from Austria’s Doppelmayr company which was also used on Manakamana.

Another even more ambitious project is going to link Godavari to the top of Pulchoki, which at 2,672m is the highest point on the Kathmandu Valley rim. The project has got its final go-ahead from the government as well as the local authorities, and construction is expected to begin in December.

There are two other projects in Bhaktapur, one to the top of Sanga Hill and a smaller chair-lift project in Nagarkot. Designs for the Sanga cable car venture are complete and equipment from a Swiss company have been acquired, but local land compensation issues have delayed it.

Annapurna Cable Car, a joint venture between Himalayan Kanko Kaihatsu of Japan and Trans Himalayan Tour of Nepal plan to make a premium hotel on top of Sarangkot in Pokhara, famous for its sunrise views. Construction of the hotel and cable car is expected to start in January. Butwal is also planning a tourist-pilgrim cable car next year.

In addition, Ropeway Nepal is getting inquiries from villages across Nepal to build cargo and passenger ropeways to cross major rivers as well as to shrines and tourist spots. “There is a lot of interest from districts like Myagdi and Sindhuli,” says Dhakal, whose company designs and fabricates Nepali-made ropeway systems.

There have been cargo ropeways run by local communities linking Kirne to Bhotechhap for the Khimti Hydropower project and Darimchhaur to Khaira for the Jhimruk Project. There have also been successful small gravity ropeways in Gorkha, Tanahu and Sindhuli.
Read more…

सर्पले डसेपछि यसरी कुहियो किशोरीको खुट्टा

 तस्वीर हेर्दा यो फोटोसपबाट तयार पारिएकेा जस्तो लाग्नसक्छ । तर यो फोटोसप गरिएको नक्कली तस्वीर होइन, एक किशोरीको खुट्टाको वास्तविक तस्वीर हो । सर्पको डसाइबाट चाउरिँदै, सुक्दै तथा कालो हुँदै गएको खुट्टाको यस्तो तस्वीर निकै डरलाग्दो देखिन्छ ।

भेनेजुयलाकी एक १३ वर्षीया किशोरीको खुट्टा यसरी सुक्दै र कुहिँदै गएको छ, सर्पको डसाइका कारण । विषालु सर्पले खुट्टामा डसेपछि उनको खुट्टाका तन्तुहरु मर्दै गएपछि खुट्टा यसरी सुक्दै, गल्दै तथा कालो हुँदै गएको छ ।

इन्टाग्राममा एक प्रयोगकर्ताले उनको यो तस्वीर पोष्ट गरेसँगै यसले निकै चर्चा पाएको छ । सर्पले डसेसँगै सुरुमा स्थानीय परम्परागत विधिबाट उपचार गराउन थाल्दा उनको यस्तो हालत भएको हो । परम्परागत औषधिको भर पर्दा खुट्टा सुक्न र कालो हुन थालेपछि एक महिनापछि ती किशोरीलाई राजधानी काराकासको अस्पतालमा भर्ना गरिएको थियो । तर त्यतिबेलासम्म ढिलो भैसकेको थियो र उनको उपचार सम्भव थिएन । डाक्टरहरुले उनको सुकेको र कुहिएको खुट्टा काटेर फ्याँक्नुको विकल्प नभएको बताएका छन् ।

सर्पको विष सरीरभर नै फैलिएकाले खुट्टा फ्याँकेपछि पनि जोखिम नटर्ने र ती किशोरीको ज्यान समेत जानसक्ने डाक्टरहरु बताउँछन् । विषकै कारण उनको जिउ समेत सुक्दै गएको हुँदा विस्तारै उनको ज्यानै गुम्ने डर छ ।

यसरी विषका कारण सरीरभरका मांसपेशी तथा अन्य तन्तुहरु मर्दै जाने प्रक्रियालाई राब्डोमायोलाइसिस भनिन्छ । यसले मृगौला लगायतका सरीरका अंगहरुमा प्रत्यक्ष असर पुराउँछ ।
Read more…

गाइलाई लँगौटी लगाइदिएर किसानले गरे आन्दोलन

हामीकहाँ गाइ तथा भैँसीपालक किसानहरुले सडकमा दुध पोखेर आन्दोलन गर्ने गरेको सुनेका तथा देखेका छौँ । तर के तपाइँले गाइलाई लँगौटी लगाइदिएर किसानले आन्दोलन गरेको देखेको/सुन्नुभएको छ ? सायद छैन होला ।
जर्मनीका किसानले गाइलाई लँगौटी लगाइदिएर सरकार विरुद्ध आन्दोलन गरेका छन् । सरकारले ल्याएको कृषि मल नियमन गर्ने कानून विरुद्ध किसानले यस्तो अनौठो आन्दोलन गरेका हुन् ।
युरोपेली युनियनले ल्याएको नियम विरुद्ध गरेको उक्त विरोध प्रदर्शनमा एक जर्मन किसाले आफ्ना दुइ गाइको पछाडि पट्टि बडेमाका डाइपर लगाइदिएका थिए ।
मलमा पाइने नाइट्रेट तत्वका कारण जल प्रदुषण बढेको भन्दै युरोपेली युनियनले युनियन सम्बद्ध देशका लागि नियमनकारी कानून ल्याएको हो । जसका अनुसार माटोमा मलको ग्रेडियन्ट १५ भन्दा बढि हुनु हुँदैन । अर्थात् किसानहरुले आफ्नो कृषि भूमिमा बढि मल प्रयोग गर्न पाउनेछैनन् ।
यस्तो नियमले आफुहरुलाई कृषि उत्पादन बढाउन अवरोध पूराउने तथा भिरालो पाखाहरुमा खेतीपातीमा समेत रोक लगाउने भन्दै किसानहरुले चिन्ता व्यक्त गरेका छन् । सरकारले किसानलाई मल प्रयोगमा रोक लगाउने नियम ल्याएको विरोध स्वरुप किसानले गाइलाई डाइपर नै लगाइदिए । सरकारको नियमको खिल्ली उडाउँदै उनले गाइको मल जमिनमा र्झन नदिनका लागि गाइलाई डाइपर लगाइदिएको बताएका छन् ।
युरोपेली आयोगका प्रवक्ता स्टेफन सल्जले भने गाइवस्तुको चरिचरन नरोकिनेे स्पष्ट पारेको छ । ‘हाम्रो चासो गाइप्रति होइन किसानले गर्ने अत्यधिक मलखादको प्रयोग हो’ उनले भनेका छन् ।
Read more…

विश्वमा ६ सय जनालाई मात्र लाग्ने रोग लागेकी १४ वर्षीया किशोरी, जसको सरीर ढुंगा बन्दै गएकेा छ

 विश्वमा जम्मा ६ सय जना मानिसमा मात्र यस्तो रोग छ । यो रोगलाई ‘ढुंगे मानिस लक्षण’ अर्थात् स्टोन म्यान सिन्ड्रोम भनिन्छ । चीनकी एक १४ वर्षीया किशोरी यहीँ दुर्लभ रोगको सिकार बनेकी छिन् र उनको सरीर क्रमशः ढुंगोजस्तै  बन्दै गएको छ ।
फाइब्रोप्लासिया ओसिफिक्यान्स प्रोग्रेसिफा भनिने उक्त रोगको शिकार बनेकी किशोरीको नाम हो नी मिन । उनको सरीरका मांशपेशीहरु विस्तारै हड्डी बन्दै गएका छन् । यो रोगको उपचार छैन र छातिको हड्डी चेँपिँदै गएपछि स्वास फेर्न नसकेर मानिसको अन्ततः मृत्यु हुन्छ ।
नी केा सरीर सुक्दै गएपछि र विभिन्न ठाउँमा अनौठा कडा थुप्रा देखिन थालेपछि उनले सांघाइको तोंगजी अस्पतालमा देखाएकी थिइन् । तर डाक्टरहरुले त्यो रोगको यकिन उपचार नभएपछि औषधिको प्रयोग गरी यसको असर कम गर्न सकिने बताएपछि  उनी र उनका परिवारमा केही आशा पलाएको छ ।
अहिले उनको अवस्था धेरै गम्भीर नरहेको र ६ महिनाका लागि परीक्षणका रुपमा उनलाई औषधि सिफारिस गरिएको डाक्टरको भनाइ छ । ६ महिनाको परीक्षणपछि उनलाई थप चिकित्सकीय पद्धतिबाट उपचार गरिनेछ ।
Read more…

३ करोड प्रयोगकर्ता भएको ‘सेक्सी एप’माथि प्रतिबन्ध

आफ्नो एपलाई चर्चित बनाउनका लागि यौनसम्बन्धि अश्लील, अनैतिक तथा गलत समाचार दिने गरेको अभियोगमा चीनको एक चर्चित स्मार्टफोन एपमाथि प्रतिबन्ध लागेको छ ।

 चीनको सांघाइमा रहेको कम्पनीले विकाश गरेको युजिया एपले युवायुवतीमा अश्लीलता फैलाएको र गलत खालका कामुक समाचार दिएको भन्दै सांघाइको स्टेट इन्टरनेट सूचना कार्यालयले उक्त एपलाई चीनभर बिक्रि गर्न नपाउने गरी प्रतिबन्ध लगाएको छ ।

युवायुवतीलाई भेटघाट गर्नका लागि सजिलो बनाउने दाबी गरिएको उक्त एपमा विभिन्न खाले यौनिक तथा कामूक समाचारहरु दिने गरिएको थियो । जसमध्ये ‘भ्रमणका लागि सरीर’ शीर्षको एक समाचारमा एकजना युवतीले आफ्नो यौनिकताकै उपयोग गरी अस्थायी ब्वायप|mेण्ड बनाएर सित्तैमा देश भ्रमण गरेको उल्लेख गरिएको थियो । ती युवतीले युजिया एपमार्फत नै ती अस्थायी प्रेमी भेटेको दाबी गरिएको थियो ।

त्यस्तै २१ वर्षे युवक र १९ वर्षकी युवतीले आपतकालीन उद्धार पर्खिरहेको बेला सोही एपमार्फत भेटघाट भई यौन सम्बन्ध कायम गरेको स्टोरी समेत प्रकाशित गरिएको थियो ।

यी दुबै समाचार इन्टरनेटमा खुबै चर्चित बनेका थिए र चिनिया पत्रपत्रिकाले पनि प्रमुखताका साथ प्रकाशित गरेका थिए ।
त्यसपछि इन्टरनेट सम्बन्धि नियामक निकाय स्टेट इन्टरनेट सूचना कार्यालयको ध्यानाकर्षण भएको थियो । कार्यालयले उक्त एपलाई चर्चित बनाउनका लागि कम्पनीले गलत तथा अनैतिक खालका सामाग्री प्रकाशित गरेको र प्रबर्धनको सीमा नाघेको ठहर गरेको छ ।

एप निर्माता कम्पनीले गल्ती स्विकार गरी यो विषयलाई टुंगोमा पूराउने प्रतिबद्धता जनाएको छ ।
स्मरण रहोस् युजिया एपका ३ करोड प्रयोगकर्ता छन् । जसमध्ये अधिकांस १५ देखि २५ वर्ष उमेरका रहेका छन् ।

यो एपको वेबसाइटमा सेक्स तथा सम्बन्धका बारेमा टिप्स दिइएको छ । त्यस्ता टिप्समध्ये युवकहरुले युवतीलाई कसरी पट्याउने भन्ने ३ चरणको मार्गदर्शन समेत समावेश रहेका सांघाइ डेलीले जनाएको छ ।
Read more…

घुर्ने बानी हुनेहरुले यसो गर्नुस् !

यदि तपाइँ सुत्दा घुर्ने वानी छ वा तपाइँसँग सुत्ने कोही घुर्छ भने तनाव हुन सक्छ । सँगै सुत्ने ब्यक्ति घुर्दा समस्या नै हुन्छ कहिले काँहि ।

अव भने यो समस्याबाट मुक्ति मिल्ने भएको छ । बैज्ञानिकहरुले घुर्ने ब्यक्तिहरुलाई लक्षित गरेर एउटा मास्क बनाएका छन् । यस्तो मास्क लगाउँदा घरेको सुनिँदैन र निद्रा पानि राम्रो लाग्छ ।

यस अघि पनि यस्तो मास्क नआएको होइन तर यो भारी र असुविधाजनक थियो । अव भने बैज्ञानिकहरुले सहजरुपमा लगाउन सकिने र सानो आकारको मास्क ल्याएका छन् ।

बैज्ञानिकहरुले पछिल्लो पटक ल्याएको मास्कलाई सिपीएपी नाम दिएका छन् ।
बेलायतको एनएचएस ट्रस्टको अस्पताल ब्र्याडफोर्ड टीचिङ हस्पिटलका कन्सल्टेन्ट एनिस्थीटिस्ट डा. डेविड डसनका अनुसार सबैको अनुहारको बनावट एकनासको नहुने कुरालाई मध्यनजर गर्द नयाँ मास्क विकाश गरिएको हो ।

यो मास्कले नाकमा सिलबन्दी हुन्छ र घुरेको आवाज बाहिर जाँदैन तर यसमा रहेको विशेष बनावटले अक्सिजन भने प्रयाप्तमात्रामा भित्र पठाउँछ ।
Read more…

मोबाइल चलाउन नछाडेपछि केसम्म गरिन् यी प्रेमिकाले

पछिल्लो समय मानिसमा मोबाइलको लत बढ्दै गएको छ । मोबाइल बिना बाँच्न अहिले धेरैका लागि निकै गाह्रो भैसक्यो । कोही कोही त घण्टौंसम्म मोबाइलमा नै झुण्डिरहेका हुन्छन् । आफ्नो प्रेमीको यस्तै बानीका कारण चीनमा एक प्रेमिकाले निकै दुःख सहनुपरेको छ ।अति भए पछि उनले जे गरिन् त्यो भने हेर्न लायकको थियो ।

बेइजिङमा ट्रेनमा यात्रा गरिरहेका एक जोडीमध्ये प्रेमीले मोबाइल फोनबाट मेसेज पठाउन नछाडेपछि तीनलाई तान्दै भीडभाड रहेका ट्रेनबाट तान्दै घसिटेकी छिन् । आफूलाई ध्यान नदिएर फोनमा झुण्डिएर बसेपछि क्रुद बनेकी ती प्रेमिकाले यस्तो हर्कत गरेकी हुन् ।

रुँदै आफूलाई ट्रेनबाट बाहिर तान्दा समेत ती प्रेमीले भने आफ्नो फोन भने छाडेनन् ।
प्रत्यक्षदर्शीका अनुसार ती प्रमिकाले उनलाई रुँदै फोन छोड्न भनिरहेकी थिइन् ।

Read more…

बैंककक मा एक महिलाले आत्महत्या गर्नका लागि सयौँ गोहीको बिचमा हाम फालिन् -





(एजेन्सी)- आफ्नो जिन्दगीबाट हार खाइसकेका व्यक्तिहरुले आफ्नो जिन्दगी बर्बाद गर्नका लागि थुप्रै तरिका अपनाउने गर्दछन् । फाँसी लगाएर आफ्नो जिवनको अन्त्य गरेको, हातको नशा काटेर मरेको घटना त तपाईंले बारम्बार सुनिरहनुभएको होला । तर बैंककमा एक महिलाले आत्महत्या गर्ने एउटा निकैबिभत्स तरिका अपनाएकी छिन् ।
वानपेई इन्याई नामक ६५ वर्षीया यी थाई महिलाले आत्महत्या गर्नका लागि बैंककको एक टुरिष्ट फर्ममा गोहीसँग भरिएको तालमा हाम फालेकी छिन् । घटना यस्तो प्रकारको थियोः
बैंककभन्दा करिब एक घण्टा टाढा अवस्थित पर्यटकहरुका लागि खोलिएको यो फार्ममा ती थाई महिला पनि त्यहाँ आइपुगेकी थिइन् । उक्त फार्मममा सानो चिडियाघर क्षेत्रमा पर्यटकहरुले गोही खाना खुवाउन अनुमती दिइएको थियो।
शुक्रबार बेलुका ती महिलाले गोहीले भरिएको तालको बिचमा हाम फालेकी छिन् । जानकारीका अनुसार यो तालमा सयौँ गोहीहरु रहेका छन् । पुलिस प्रवक्ता प्रीचा लाम– नुईका अनुसार त्यहाँका गोही सबै वयस्क छन् । उनले भने, ‘मर्ने महिलाकी बहिनीका अनुसार उनी तनाव र डिप्रेसनको शिकार थिइन् ।’
थाइल्याण्डको पर्यटन स्थलहरुको सुरक्षा प्रबन्धको बारेमा धेरैजसोबहस हुने गरेको छ । यो फार्मका ताल वरिपरि लगाएको बार पनि निकै कम उचाइको रहेको बताइएको छ ।
उक्त फार्म सन् १९५० मा खोलिएको थियो जसलाई संसारको सबैभन्दा ठूलो गोहीको फार्म भनेर कम्पनीले आफ्नो वेभसाइटमा दाबी गरेको छ ।
Read more…

कस्तो अचंम्ब ! सात वर्षकी बालिकाको मुखमा २०२ वटा दाँत ?


(एजेन्सी)- एक वयस्क मानिसको मुखमा त ३२ वटा दाँत हुन्छ भने सात वर्षकी बालिकाको कसरी २०२ वटा दाँत हुन्छ भनेर सबैले यो समाचारलाई मनगढन्ते भनेर सोच्दै हुनुहुन्छ होला । यस्तै अपत्यारिलो भएका कारण नै त यसलाई रोचक समाचार नामांकरण गरिएको छ । हेडलाइन पढेर विश्वास गर्नुभएको छैन भने सबै समाचार पुरा पढेर विश्वास गर्नुहोस् ।

भारतको गुड्गाउँमा होटल व्यवसायी गरेर बस्ने एक व्यवसायीले आफ्नी सात वर्षकी छोरीको सुन्निएको गिजा र मुखभित्रको पिडाको समस्या देखाउँदै एक डेन्टल हस्पिटलमा उपचारको लागि गए ।

अखिल भारतीय आयुर्वेदिक संस्थान (एम्स)का डाक्टरहरुले उपचारको क्रममा ती बालिकाको दाँतको एक्स–रे गरे । एक्स– रे को रिपोर्ट देखेर उपचारमा संलग्न डाक्टरहरु पनि चकित भए । उनको गिजाभित्र २०२ वटा साना–साना दाँतहरु पाइयो । कम्पाउन्ड अडोनटोम नामक बिरामीका कारण उनको मुखभित्र डेन्टल टिस्यु ट्युमर असामान्य रुपमा विकसित भइरहेकाका कारण उनको गिजाभरि दाँतजस्तो ढाँचा पलाएको थियो ।

उपचारमा संलग्न एम्सका डाक्टर अजय राय चौधरी भन्छन्, ‘यस्तो प्रकारको बिरामीमा हामीले केहि असामान्य दाँत पाउने गर्दछौँ । तर सात वर्षको बालिकाको मुखमा २०२ वटा दाँत हुनु सामान्य कुरा भने होइन ।’

दुई घण्टाको शल्यक्रियापछि मात्र उनको मुखबाट अनावश्यक साना–साना दाँतहरु निकाल्न सफल भएको चौधरीले जानकारी दिए । शल्यक्रिया पछि बालिकाको अवस्थामा सामान्य रहेकोसमेत उनले जानकारी दिए ।
Read more…

The hilarious moment a police officer was knocked down straight into a wall after getting distracted as dozens of topless Femen activists in Paris

The hilarious moment a police officer was knocked down straight into a wall after getting distracted as dozens of topless Femen activists in Paris

The video is related to such an embarrassing moment when police officers have to deal with the topless protesters. It is an arresting sight but it is totally hilarious moment when the French Policemen are distracted while they are dealing with the topless protesters. The video has thus created such an embarrassing moment when the police officer has run straight into the wall while trying to stop topless activists. Femen protesters were running though Paris streets near Palace of Justice. They are rallying against the sentence given to Iana Zhdanva for exhibitionism.

More than 25 Femen activists were arrested today after the protest as they have protesting by being topless. But it is very shocking to see the females who are running as they are charged by the police but the police are also distracted by their appearance. When the video is shot, the police are also shown who was knocked down to the wall as he has been distracted by the topless protesters. Thus the video has been most hilarious since the police who have gone to charge the protesters, are distracted by the protesters themselves.

 In this case, the he seems to trip over his own feet while trying to stop the feminist protesters running through the streets near the Palace of Justice in Paris.  There are at least 25 Femen members who were arrested today after rallying against the sentence given to fellow activist Iana Zhdanova for 'exhibitionism' on October 15.  The protesters have raised their voice out with the slogans, ‘Naked and free' and 'My body, my manifesto.' They took to the streets chanting slogans such as ‘Feminist not exhibitionist' and 'Not criminals'. It is also reported that Zhdanova was given a fine of 1,500 euros - £1,182 by the Parisian court for destroying Russian President Vladimir Putin's wax statue at the Grevin museum in June.
Read more…

अब ६ प्रतिशतमै पाइने भो कृषि ऋण

कात्तिक ११, काठमाडौं – अबदेखि कृषि व्यवसायमा संलग्न कृषक तथा व्यवसायीले ६ % भन्दा कम ब्याजमै ऋण पाउने भएका छन् । सरकारले चालू वर्षको वजेटमा सरल र सस्तो कृषि ऋण उपलब्ध गराउने प्रतिवद्दतालाई सार्थक बनाउँदै कार्यविधि जारी गरेपछि कृषकले सस्तो ऋण लिन बाटो खुलेको हो ।

राष्ट्र बैंकले सोमबार ‘युवाहरुलाई व्यावसायिक कृषि कर्जामा प्रदान गरिने ब्याज अनुदानसम्बन्धी कार्यविधि ०७१’ जारी गरी ६ प्रतिशतभन्दा कम ब्याजदरमा ऋण उपलब्ध गराउन वाणिज्य बैंकहरुलाई निर्देशन दिएको छ । कार्यविधिमा २१ वर्षदेखि ४५ वर्ष उमेर समूहलाई युवा मान्दै प्राकृतिक व्यक्ति,त्यस्ता ब्यक्तिबाट सञ्चालित फर्म,कम्पनी र संस्थाले सञ्चालन गर्ने कृषि व्यवसायका लागि अधिकतम् १ करोड रुपैयाँसम्म ऋण दिन सक्ने व्यवस्था गरेको हो ।

कार्यविधिले महानगरपालिका र उपमहानगरपालिकाबाहेकका सबै क्षेत्रलाई ग्रामिण क्षेत्रका रुपमा परिभाषित गर्दै ती क्षेत्रमा बैंकले १० प्रतिशत भन्दा कम व्याजदरमा ऋण दिई कृषकबाट ६ प्रतिशत ब्याज लिन र बाँकी ४ प्रतिशत ब्याज अनुदानका रुपमा सरकारले खोलेकमो कृषि कर्जा ब्याज अनुदान शोधभर्ना खाताबाट दिने व्यवस्था मिलाइएको छ । आजको कारोबार दैनिकमा खबर छ ।

बैंकले विउविजन, अलैंची, उखु, अदुवा, च्याउ, जडिबुटी, र तरकारी खेतीको उत्पादन प्रशोधन र भण्डारका साथै पुष्प व्यवसाय र पशुपन्छी पालनलाई यस्तो ऋण दिनेछ । फलफुल उत्पादन,उत्पादित फलफुलको प्रशोधन तथा भण्डारण,दुग्ध उत्पादन ,प्रशोधन तथा वितरणका लागि पनि ६ प्रतिशत भन्दा कममै ऋण उपलव्ध गराउने जनाएको छ । मत्स्यपालन, उत्पादित माछाको भण्डारण तथा बिक्री–वितरण, पशुबधशाला एवं मासुजन्य उत्पादन व्यवसायका साथै सरकारले समयसमयमा थप गर्ने अन्य कृषि व्यवसायमा पनि यस्तो ऋण उपलब्ध गराउने छ ।
Read more…

बुझ्दै नबुझी शिक्षामन्त्री बरालिँदा

काठमाडौं – मन्त्रीले पदीय मर्यादाको ख्याल नगर्दा आफ्नो मात्र होइन,देशकै बेइज्जत हुन्छ भन्ने कुरा प्राध्यापन समेत गरिसकेकी शिक्षामन्त्रीले बुझिनन् भन्यो भने त्यो ठूलै ठट्टा बन्न सक्छ । तर,त्यस्तै गरिन् चित्रलेखा यादबले ।

काठमाडौंको गल्लीगल्लीमा नेपाल र जापानको झन्डाअंकित साइनबोर्ड झुन्डाएर विभिन्न नामको संस्था चलाउने र जापानी सहयोग भित्राउने खेलोलाई साथ दिने नाममा चित्रलेखाले पदीय मर्यादा बिर्सदै हालै जापान भ्रमण गरिन् । अघिल्ला तीन शिक्षामन्त्रीले ‘प्रोटोकल’का नाममा निरन्तर अस्वीकार गर्दै आएको भ्रमण निम्तोलाई चित्रलेखाले सकारिन मात्र होइन,उनले त्यो निम्तो सकार्दा परराष्ट्र मन्त्रालयका अधिकारीका निम्ती टाउको दुखाइको विषय बन्यो । कारण हो,उनी न मन्त्रीपरिषद्बाट भ्रमण स्वीकृत गराएर गएकी थिइन,न त जापान सरकारले नै बोलाएर । मन्त्रीपरिषद्बाट स्वीकृत गराइएको मन्त्रीको भ्रमणका लागि सरकारले निश्चित ‘पकेटमनी’ दिने गर्छ । तर पकेटमनी भन्दा पनि ठुलो कुरा हो,दुई देशबीचको शिष्टाचारको । यी सबै कुरा लत्याउँदै चित्रलेखाको टोली ३० असोजमा जापान उड्यो र कात्तिक ४ मा काठमाडौं फर्कियो । आजको जनआस्था साप्ताहिकमा खबर छ ।
Read more…

जलेको परालको थुप्रो भित्र पूर्ण रुपमा जलेकी महिला भेटियो

रौतहट : आगो दन्किरहेको परालको थुप्रोभित्र एक महिलाको जलेको अवस्थामा शव फेला परेको छ।

रौतहटको लक्ष्मनिया स्थित विजयपुरमा बद्री पडीतले थुपारेको परालमा अचानक आगलागी भए पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

घटनास्थलमा पुगेको प्रहरीले परालको थुप्रो बाट नाम ठेगाना नखुलेकी एक महिला

अन्दाजी ३५ वर्षिया महिलाको शव जलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरिक्षक भिम ढकालले जानकारी दिएका छन्।बाटो छेउमा रहेको खाली जमिनमा थुपारिएको सो परालमा महिलाको हत्या पछि शव नष्ट गर्न कै लागी आगो लगाएको प्रहरीको अनुमान गरेको छ।
को शव फेला परेको हो। महिलाको शरीरका अधिकांश भाग जलेको अवस्थामा रहेकोले पहिचान हुन नसकेको प्रहरीले जनाएको छ।
Read more…

अब कतार एयरवेजको पैसा भुक्तानी गर्न नयाँ अफलाईन सेवा शुरु

काठमाण्डौं, कार्तिक १२ – कतार एयरवेजले आफ्ना यात्रुहरुको सहजताको लागि वेब साईट www.qatarairways.com/np मार्फत टिकट बुुकिङ्ग गरेका यात्रुहरुले अफलाईन मार्फत नै पैसा भुत्तानी गर्न सकिने व्यवस्था शुरु गर्ने घोषणा गरेको छ ।

यो नयाँ प्रणाली मार्फत यात्रुहरुले अनलाईन मार्फत बुकिङ्ग गर्नु भएको टिकटको पैसा भुत्तानी गर्न ४८ घण्टा भित्र स्टान्डर्ड चार्टर बैंकको कुनै पनि नजिकको ब्रान्चमा गई चुक्ता गर्न सक्नेछन् । क्रेडिट कार्ड मार्फत पनि यो सुविधा उपयोग गर्न सकिने छ । यसरी यो नयाँ प्रविधि मार्फत प्राप्त गरिने सेवामा कुनै पनि थप शुल्क लाग्ने छैन ।

कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अक्बर अल बकरले यात्रुहरुको सहजताको लागि पैसा भुत्तानीमा अरु पनि विकल्पका रुपमा यो योजना ल्यार्ईएको बताए । उनले भने, “हाम्रा यात्रुहरुलाई कुनै पनि बेला जहाँ पनि टिकट बुकिङ्गमा सहजताहोस भन्ने हेतुले यो योजना ल्याईएको हो । नविन प्रविधि अङ्गाल्दै आएको कतार एयरवेज आफ्ना यात्रुहरुलाई सधैं उच्च प्राथमिकतामा राखि सर्वश्रेष्ठ सेवा प्रदान गर्दै उच्चतम भ्रमणका लागि प्रतिबद्ध रहेको छ ।”

अन लाईन मार्फत टिकटिङ्गमात्र नभई, सुचारित फ्लाईट गतिविधि लगायत कतार एयरवेजको विभिन्न देशको विभिन्न होटलहरु र ट्याक्सी पार्टनरहरु संगको सहकार्य मार्फत यी सेवाहरु लिन पनि सकिनेछ । यसका अलावा टिकट बुकिङ्ग पश्चात गरिएको अफलाईन भुक्तानी पश्चात यात्रुहरुले आफ्नो रुची अनुरुप आफुले चाहेको सिट र खाना अर्डर गर्न सक्नुहुनेछ ।

कतार एयरवेजले हाल काठमाण्डौंबाट दैनिक तीन उडान भरिरहेको छ भने दोहा हुंदै विश्वको १ सय ४० स्थानहरुमा उडान भर्दछ । काठमाण्डौं देखि दोहा हुंदै उटान भर्ने प्रमुख गन्तव्य स्थानहरु लण्डन, फिलाडेल्फिया, वासिङ्गटन डिसी, फ्«याङफर्ट र न्युयोर्क रहेका छन् ।

स्थापनाको पहिलो बर्ष देखिनै तीब्र गति लिएको कतार एयरवेज १७ औं बर्षमा आईपुग्दा हाल १ सय ३६ विमान रहेको छ ।
Read more…

फेसबुकमा केटी भनेर खुब गफ गरीयो पछी भिडिओ हेरेर पो थाहा भयो एसरी उल्लु बनाउदा रहेछन केटाले हेर्नुहोस त भिडियो....!

फेसबुकमा केटी भनेर खुब गफ गरीयो पछी भिडिओ हेरेर पो थाहा भयो एसरी उल्लु बनाउदा रहेछन  केटाले हेर्नुहोस त भिडियो....!

Read more…

अष्ट्रेलियाले १६ देशका नागरिकलाई भिसा नदिने....!

अष्ट्रेलियाले पश्चिम अफ्रिकाका १६ देशमा आवत जावतमा रोक लगाएको छ । इबोलाग्रस्त पश्चिम अफ्रिकी राष्ट्रहरुबाट इबोला अष्ट्रेलिया भित्रिने खतरा बढेको भन्दै अष्ट्रेलिया सरकारले यस्तो प्रतिबन्ध लगाएको हो । अष्ट्रेलियाका आप्रवासन मन्त्री स्कोट मोरिसनले सोमबार त्य

 तत्कालका लागि ती देशका लागि दिँदै आएको सहयोग समेत स्थगित गर्ने जानकारी मन्त्री मोरिसनले दिए । यस अघि नै भिसा लिएका नागरिक भने अष्ट्रेलिया प्रवेश गर्न पाउने छन् । यद्यपी कुनै पनि ब्यक्तिलाई भिसा नदिने वा निलम्बन गर्न सकिने उनले बताए । अमेरिका र युरोपमा इवोला संक्रमित ब्यक्ति भित्रिइसकेको भएपनि अष्ट्रेलियामा भने हाल सम्म यस्तो संक्रमण फेला परेको छैन ।
हाँको संसदमा बोल्दै अष्ट्रेलियाले इबोला संक्रमण रहेका देशमा जान र त्यहाँबाट अष्ट्रेलिया आउन चाहनेहरुलाई भिसा दिन रोक लगाएको जानकारी गराएका हुन् । इवोलाका कारण पश्चिम अफ्रिकामा ५००० भन्दा बढीको मृत्यु भैसकेको छ भने १०००० भन्द बढी संक्रमित भएको आशंका गरिन्छ ।
Read more…

६ सेकेन्डमा यसरी स्वाहा भयो २० करोड अमेरिकी डलर (भिडियो सहित)

आन्तर्राष्ट्रिय स्पेस स्टेसनमा चाहिने सामग्री बोकेको मानवरहित रकेट अमेरिकाको भर्जिनिया राज्यमा प्रक्षेपणकै दौरान विस्फोट भएको छ ।
ओरबिटल साइन्स कर्पोरेसनले तयार गरेको १४ तले अन्टारेस रकेट समुद्रको छेउमा रहेको वालोप फ्ल्याइट फसिलिटीको लञ्च प्याडबाट उडेको केही सेकेण्डमा नै विस्फोट हुँदै आगोको लप्कामा परिणत भएको थियो ।

के कारणले उक्त रकेट दुर्घटना भयो भन्ने कुराको अझै पत्ता लागेको छैन ।

 सोमबार नै उक्त रकेटलाई प्रक्षेपण गर्ने भनिए पनि त्यस आसपासका क्षेत्रमा जहाजहरु भएपछि त्यसलाई एक दिन ढिला सरिएको थियो ।
रकेटले अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा रहेका ६ अन्तरक्षियात्रीहरुका लागि ५ हजार पाउण्ड (२२ सय केजी) बराबरको सामग्री लाने तयारी गरिएको थियो ।
ओरबिटल साइन्सेसका कार्यकारी उपाध्यक्ष फ्रांक कलबर्टसनले दुर्घटनाको बारेमा अध्ययन भएको जानकारी दिएका छन् । ‘यस्तो घटना यस क्षेत्रमा पहिले पनि भएको हो । यसबाट हामी फेरि उठ्ने छौं,’ उनले भने ।(एजेन्सी)
Read more…

A Great War Broke Between Two Leopard and A Python Followed by Pythons Death

The leopard is one of the five "big cats" in the genus Panthera. It is a member of the Felidae family with a wide range in some parts of sub Saharan Africa, West Asia, the Middle East, South and Southeast Asia to Siberia. Compared to other members of the Felidae, the leopard has relatively short legs and a long body with a large skull. It is similar in appearance to the jaguar, but is smaller and more slightly built. Its fur is manifest with rosettes similar to those of the jaguar, but the leopard's rosettes are smaller and more densely packed, and do not usually have innermost spots as the jaguars do. Both leopards and jaguars that are melanistic are known as black panthers.

The species' success in the wild is in part due to its opportunistic hunting behavior, its adaptability to habitats, its ability to run at speeds approaching 58 kilometres per hour  its unequaled ability to climb trees even when carrying a heavy carcass and its notorious ability for stealth. The leopard consumes virtually any animal that it can hunt down and catch. Its habitat ranges from rainforest to desert terrains. A python is a constricting snake belonging to the python genus, or, more generally, any snake in the family Pythonidae . As we all know that the nature has created a lot of wonedrful creation. We can see so many kinds of creation in this universe. A nature has created a lot of thing with different ability.

One of the creation of the nature is eco system. An ecosystem is a community of living organisms  in conjunction with the nonliving components of their environment , interacting as a system. These biotic and abiotic components are regarded as linked together through nutrient cycles and energy flows. Here is a video of showing ecosystem. A video in which we can see two wild animals a python and leopard fightin with each other. They fight with each other and both of them try their best to win but as per the rules only one can live who can survive. In this video Leopard gets to survive and kills the python.
Read more…

प्रियंकाकी बहिनी भन्छिन्-‘म सँग हट शरीर छ, देखाउन कुनै आपत्ती छैन’

 बलिउडमा नायिका प्रियंका चोपडा सर्वाधिक सफल मानिन्छिन् । उनीसँगै उनका बहिनीहरु पनि बलिउडमा प्रवेश गरिसकेका छन् । परिणिती चोपडा र मिरा चोपडाले बलिउडमा आफ्नो स्थान बनाइसकेका छन् ।
यही क्रममा नायिका चोपडाकी अर्की बहिनी पनि बलिउडमा प्रवेश गरेकी छिन् । निर्माता अनुभव सिन्हाको नयाँ चलचित्र ‘जिद’बाट बार्बी हांडा बलिउडमा प्रवेश गरेकी हुन् । यो सिनेमाको पोष्टरमा हांडा टपलेस देखिएकी छिन् । उनले बलिउडमा आएसँगै आफ्नो नाम परिवर्तन गरि मनारा राखेकी छिन् । उनी यही नामबाट बलिउडमा चम्कन चाहन्छिन् ।

सिनेमामा टपलेस हुनुको कारणबारे मनाराले भनिन्-‘ हामी अहिले २०१४ मा बाँचिरहेका छौ । यो समयमा म घुम्टो ओडेर त बस्न सक्दिन । यदि घुम्टो नै ओड्नु थियो भने त म ‘सास-बहु’को सिरियल गरिरहेको हुन्थे । मसँग हट शरीर छ र यसलाई देखाउन मलाई कुनै आपत्ती छैन ।’ यो सिनेमा नोभेम्बर २८ मा प्रदर्शनमा आउँदैछ
Read more…

यी नायिका स्क्रिप्ट नपढी फिल्म खेल्दिनन, ब्यबसायिक बन्दै नेपाली हिरोइन

काठमाडौ । निश्चल बस्नेत निर्देशित ‘लुट’ मा जम्मा तीन सिनमा अभिनय गरेकी छिन ऋचा शर्माले । तर पनि उनलाई फिल्म हेर्ने दर्शकले पछिसम्म सम्झिए ।
जबकि साढे दुई घण्टाको फिल्ममा २०/२५ सिनमा देखिएका हिरोइनले समेत दर्शकको मष्तिष्कमा ठाउँ बनाउन सकेका हुँदैनन् ।

कुनै पनि फिल्ममा अभिनय गर्नु अघि स्क्रिप्ट पढेर मात्रै निर्णय गर्ने गरेकी ऋचाले आफ्नो भुमिका कति छ भन्नु भन्दा पनि सिनेमाको विषय बस्तु कस्तो छ ध्यान दिने बताउँछिन् । ‘म कहिल्यै मेरो कति सिन छ भनेर गन्दिन, विषयबस्तु कस्तो छ ध्यान दिन्छु ।’ उनले भनिन् ।

प्रायः हिरोइन थोरै सिन भएको फिल्म खेल्न राजी हुन्नन् । धेरै सिन भयो भने मात्रै आफु स्थापित होइन्छ भन्ने मान्यता राख्ने हिरोइनहरु विषयबस्तु भन्दा पनि आफ्नै भुमिकालाई जोड दिन्छन् । यो मान्यतासँग असहमति जनाउँछन् ऋचा शर्मा, दिया मास्के, नम्रता श्रेष्ठ, केकी अधिकारी लगायतका नयाँ पुस्ताका हिरोइनहरु ।

सानो संसारमा काम गरेपछि नम्रतासँग मेरो फिल्ममा काम गर्नु पर्‍यो भन्ने निर्माताहरु थुप्रै थिए ।
आफुलाई काम गराउन चाहने निर्मातासँग फिल्मको विषय ध्यान दिएर सुनेपछि चित्त बुझेको अवस्थामा स्क्रिप्ट मागेर पढेकी नम्रताले धेरैलाई ‘सरी’ भन्नु पर्‍यो । नम्रता सम्झिन्छिन् । ‘हप्तामा ४ वटासम्म स्क्रिप्ट रिजेक्ट गर्नुपर्‍यो ।’

विषयबस्तु चित्त नबुझेर फिल्ममा काम गर्दिन भन्दा कतिपय निर्देशकले घमण्डी बनेको अझै बिर्सेकी छैनन् अर्कि नायिका दिया मास्केले । स्क्रिप्ट पढ्न मागेकै कारण आलोचनाको शिकार भएकी थिइन् निशा अधिकारी पनि ।

महंगा पनि छन् यी हिरोइन
विषयबस्तु बुझ्ने मामलामा मात्रै हैन पारिश्रमिक लिने सवालमा पनि महंगा छन् यि हिरोइन । नेपालमा चलेका हिरोइनले ६०/७० हजारमा काम गरिरहेको बेला नम्रताले ‘सानो संसार’ मा डेढ लाख पारिश्रमिक लिएकी थिइन् ।
त्यसपछि पनि कतिपय फिल्म पारिश्रमिकमा कुरा नमिलेकै कारण छाडेकी थिइन् उनले । काम अनुसारको उचित पारिश्रमिक लिनुपर्छ भन्ने ऋचा शर्मा पनि पारिश्रमिकमा सम्झौता गर्न खोज्ने मान्छेसँग सकेसम्म काम नगर्ने बताउँछिन् ।

पछिल्लो समयकी प्रियंका कार्की, केकी अधिकारी, दिया मास्के उचित पारिश्रमिक लिएर काम गर्ने नायिकाको रुपमा चिनिन्छन् ।
ब्यबसायिकताका बाधक निर्देशक नै ?

आर्यान सिग्देलले फिल्मको स्क्रिप्ट पढ्न मागेकै कारण निर्देशक मदन घिमिरेले फिल्मवाट निकालेको घोषणा गरेका थिए । निर्देशक घिमिरेले आर्यानलाई निकालेको घोषणा गर्दै भनेका थिए ‘फिल्म कस्तो बनाउने भन्नेमा निर्देशकले चिन्ता गर्ने हो हिरो-हिरोइनले होइन ।’

निर्देशक घिमिरे मात्रै हैन आफुलाई तन्नेरी पुस्ताका भन्ने निर्देशक समेत हिरो हिरोइनले स्क्रिप्ट पढ्न मागे भने नदिन पाए हुन्थ्यो भन्नेहरु धेरै छन् । कलाकारलाई स्क्रिप्ट पढाएपछि मात्रै उनीहरु विषयको गहिराइमा पुग्छन् भन्ने ज्ञान धेरैलाई छैन ।

राम्रो कलाकारले उचित पारिश्रमिक माग्नुलाई अस्वभाविक रुपमा हेर्ने चलन छ । कुनै नयाँ कलाकारले यति पैसा नभइ काम गर्दिन भन्यो भने पुरानो कलाकारको नाम लिंदै भन्ने चलन छ ‘फलानोले त यतिमा काम गर्छ ।’

पारिश्रमिकमा सम्झौता नगर्ने कलाकारको आलोचना गर्ने काममा सब भन्दा सक्रिय तिनै निर्देशकहरु छन् । यस्तै सोच राख्ने निर्देशकका कारण फिल्मको ब्यबसायिक विकासमा वाधा परेको कलाकारहरुको भनाइ छ ।
Read more…

२७ वर्षे मोडेलको १६ इन्चको सेक्सी बारुले कम्मर (फोटो फिचर सहित)

छिनेको कम्मर अर्थात् बारुलाको जस्तो कम्मर बनाएर सेक्सी देखिने सपना सबै युवतीहरुको हुन्छ । तर उनका लागि बारुले कम्मर सपना मात्र होइन यथार्थ भएको छ र नशा समेत ।

२७ वर्षकी अमेरिकी मोडेल केली ली डिकेको कम्मर साँच्चीकै बारुले छ । उनको कम्मर केवल १६ इन्चको छ । उनको कम्मर आफै छिनेको होइन, त्यसका लागि उनले ७ वर्षदेखि तपस्या गर्दै आएकी छिन्, अर्थात् कम्मरमा स्टिलसहितको कसिलो कोरसेट लगाएर कम्मर कसिरहेकी छिन् ।

नाटकका पात्रको कम्मरबाट प्रभावित भएर उनमा आफ्नो कम्मरलाई बारुले बनाउने भुत चढेको रहेछ । आफुले आफ्नो कम्मरलाई यसरी छिनाउन सफल भएपछि आफुबाट बाल्यकालदेखिको लज्जा हराएर गएको उनको भनाइ छ । उनी सानो छँदा निकै लजाउँथिन् रे ।

कम्मरमा स्टिलको काप्रो बाँधेर बारुले कम्मर बनाइरहेकी केलीले सोही काप्रो बाँधेर हिँडडुल तथा खेलकुद समेत गर्छिन् । आफ्नो यस्तो रुचीका कारण देख्नेहरु हैरान भएका तथा आफ्नो आलोचना समेत गर्ने गरेको कुरा उनलाई थाहा छ ।
उनी उनी अझैपनि कम्मरको त्यो काप्रो फुकाल्ने सोँचमा छैनन् ।
Read more…

बेलायती प्रधानमन्त्रीमाथि आक्रमण (भिडियो सहित)

(एजेन्सी)- बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनमाथि आक्रमण भएको छ । बाटोमा हिँड्दै गरेको अवस्थामा उनीमाथि आक्रमण भएको हो ।
द्रुत गतिको रेल सेवाबाट प्रचार गर्न उत्तरी शहरको भ्रमणमा रहेका क्यामरुनमाथि सरकारी योजनाको विरोध गरिरहेका प्रदर्शनकारीहरुले आक्रमण गरेका हुन् ।
आक्रमण भएपनि क्यामरुनलाई केहि पनि चोटपटक लागेको छैन । यद्यपी, बेलायतका प्रधानमन्त्री माथि दिनदहाडै आक्रमण हुनुमा त्यहाँको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ ।
क्यामरुनमाथि आक्रमण गर्ने २८ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेता पनि उनलाई एकै छिनमा छोडिएको छ ।
Read more…

कलि युगमा पनि आगोले मान्छे जलाएन ।

Even Fire didn't burn this kali era's human !
Read more…

जिन्दगी नै बर्बाद पार्ने यस्तो सेक्स सम्बन्धि कल्पना कहिले नगर्नुहोस् !

मानिसहरुलाई कल्पना गर्न कसैले पनि छेक्न सक्दैन । आफू एक्लै भएको बेलामा होस् वा साथीहरुको माझ, मानिसले कहिले पनि कल्पना गर्न छोड्दैन । आफू एकातिर भएपनि मानिसहरुको सोच कताकता डुलिरहेको हुन्छ । कहिले सृजनशील विषयमा सोचिरहने मानिस कहिले यौनिक कल्पनामा हराउने गर्दछन् । युवापुस्ताले यौनीक कल्पना गर्नु सामान्य नै मानिन्छ । मानिसहरु कतिपय अवस्थामा आफ्नो पार्टनरसँग यौन सम्बन्ध स्थापित गरिरहेको सोच्ने गर्दछ जसलाई सामान्य रुपमा हेरिन्छ ।यसको नकारात्मक पक्ष केहि देखिँदैन । तर आफूसँग राम्रोसँग घुलमिल नभएका मानिससँग यौनिक क्रियाकलाप गरिरहेको सोच्नुहुन्छ भने यसको असर नकारात्मक हुने एक अध्ययनले जानकारी दिएको छ ।

‘द हेल्थ’ नामक वेभसाइटमा प्रकाशित एक अनुसन्धानका अनुसार आफूसँग चिनजान समेत नभएका मानिसहरुसँग सेक्स गरेको कल्पना गर्नु स्वास्थ्य र जीवनको लागि घातक हुने गर्दछ । यस्तो कल्पनाले मानिसको यौन व्यवहारमा नकारात्मक प्रभाव पार्ने र मनोरोगसमेत देखिन सक्ने उक्त अनुसन्धानले जनाएको छ ।

आफूसँग राम्रोसँग घुलमिल नभएका र चीनजानसमेत नभएका व्यक्तिसँग अत्यधिक रुपमा यौनिक कल्पना गर्नाले स्वास्थ्यमा नकारात्मक असर पर्न जान्छ । क्यानडाको ट्रेन्ट विश्वविद्यालयका डा. बेथ ए भिजरका अनुसार आफ्नो पार्टनर वा घुलमिल भएको व्यक्तिसँगको यौनिक कल्पना सामान्य भएपनि कतै देखेको मात्र र कम घुलमिल भएका व्यक्तिसँगको यौनिक कल्पना अत्यधिक मात्रामा हुनु निकै घातक मानिन्छ ।

कम चिनेको वा चिन्दै नचिनेको व्यक्तिको विषयमा यौनिक कल्पना गर्ने व्यक्तिमा यौन आक्रामकता बढि हुने र कतिपय अवस्थामा मनोरोगसमेत देखिने उक्त अध्ययनले देखाएको छ ।

अध्ययनमा १ सय ९५ जोडि महिला र पुरुषमा संलग्न थिए । त्यस्तै, ३५५ विद्यार्थीहरुलाई पनि उक्त अध्ययनमा समावेश गरिएको थियो । (एजेन्सी)
Read more…

मृत्युदण्ड पाएकी इरानी युवतीको आमाको लागि मुटु नै छुने अन्तिम सन्देश

मृत्युदण्ड दिइएकी इरानकी २६ वर्षीया युवती रेहानाले मृत्युपश्चात सबै अंगहरु दान गर्ने इच्छा व्यक्त गर्दै आफ्नी आमालाई निकै मर्मस्पर्शी सन्देश पठाएकी छन् ।
अन्तर्राष्ट्रिय स्तरमा भएका अनेकन प्रयासका बावजुद २६ वर्षीया इरानी युवती रेहाना जब्बारीलाई त्यहाँको सर्वोच्च अदालतले मृत्युदण्ड दियो ।

‘इन्टेरियर डिजाइन’ सम्बन्धी सल्लाह लिन भन्दै भेट गरेपछि जबरजस्ती करणीको प्रयास गर्ने पूर्व इन्टिलिजेन्स अफिसर अब्दोआली सरबन्दीलाई प्रतिकारका क्रममा चक्कु प्रहार गरी हत्या गरेको आरोपमा रेहानालाई इरानको सर्वोच्च अदालतले मृत्यु दण्ड दिएको छ । अदालतले हत्या जानी बुझी गरिएको बताएको छ ।
७ वर्षदेखि जेलमा सजाय भोगिरहेकी रेहानालाई २५ अक्टुबरमा फाँसी दिइयो । उनले मृत्युअघि आमालाई सन्देश पठाउँदै मृत्युपछि आफ्ना अंगहरु आवश्यकता भएकाहरुलाई दान गर्ने इच्छा व्यक्त गरेकी थिइन् ।
रेहानाले गत अप्रेल महिनामै यो सन्देश पठाएको भए पनि रेहानाका समर्थकहरुले मृत्युको भोली पल्टमात्रै यो सन्देश सार्वजनिक गरे ।
उनकी आमाले न्यायाधीशसँग पूर्व इन्टिलिजेन्स अफिसर सरबन्दीको हत्या आरोपमा छोरीको सट्टा आफूलाई फाँसी दिन माग गरेकी थिइन् ।
मानवअधिकार संगठन एम्नेस्टी इन्टरनेशनलले अदालतको आदेशलाई गलत ठहर गरेको छ । एम्नेस्टीका अनुसार जब्बारीले सरबन्दीको हत्या आफूले गरेको बताए पनि त्यसबेला घटनास्थलमा अर्को व्यक्तिको पनि उपस्थिति थियो र हत्या अर्कैले गरेको थियो ।
रेहानाको पत्रको भावार्थः
rehana_jabbariमेरी प्रिय आमा,
आजै थाहा पाएँ मैले किस्सास (इरानी विधि व्यवस्थामा प्रतिकार कानून) को सामना गर्नुपर्ने छ । म आफ्नो जीवनको अन्तिम अवस्था नजिकै आइपुगेकी छु भन्ने तपाइले अझै स्वीकार गर्न नसक्दा म खिन्न भएकी छु ।
तपाइको उदासीले मलाई निकै सताउँछ । एकपटक तपाइँ र बुवाको हात चुम्ने मौका मलाई किन दिनु हुन्न ?
आमा, यो संसारले मलाई १९ वर्ष बाँच्ने मौका दियो । त्यो कहालीलाग्दो रातमा नै मेरो हत्या हुनु पर्थ्यो । मेरो शव शहरको कुनै कुनामा फालिएको हुनु पर्थ्यो र मेरो शवको पहिचानका लागि प्रहरीले तपाइँलाई बोलाएपछि थाहा पाउनुहुन्थ्यो– हत्या अघि मेरो बलात्कार पनि भएको रहेछ ।
मेरो हत्यारा कहिल्यै पक्राउ पर्ने थिएन किनभने हामीसँग न त उसको जस्तो धन छ, न ताकत नै । त्यसपछि तपाइँ पीडा र लज्जामा बाँच्नु हुन्थ्यो र केही वर्षपछि त्यही पीडाले मर्नुहुन्थ्यो । तर, कुन श्राप ले गर्दा हो त्यसो हुन सकेन ।
मेरो शव त्यसबेला फालिएन तर, इविन जेलको चिहान, त्यो सँगैको एकालास कोठरी र अहिले चिहान जस्तो शहर–ए–रे जेलमा त्यही हुँदैछ । अव यसलाई मेरो भाग्य ठान्नहोला र कसैलाई दोष नदिनु होला । तपाइँलाई थाहा छ मृत्यु जीवनको अन्त्य होइन ।
तपाइँ भन्ने गर्नु हुन्थ्यो नि, हामी अनुभव बटुल्दै त्यसबाट पाठ सिक्न यो संसारमा आउँछौ । मानिस भएर जन्मेपछि हाम्रा केही जिम्मेदारी हुन्छन् र नमरुन्जेल आफ्नो जीम्मेदारी निर्वाह साथै आफ्ना मूल्य को रक्षा गर्नु पर्छ ।
आमा, मलाई एउटा हत्यारा जस्तै गरी अदालतमा उपस्थित गराइयो तर, त्यसबेला मैले कत्ति पनि आँशु बगाइन । मैले आफ्नो जीवन रक्षाको भिक्षा मागिन । मलाई चिच्याउन मन लागेको थियो तर, पनि कानून प्रतिको विश्वासले मैले त्यसो गरिन ।
हामी स्कुल जाँदा ज्ञानी केटी भएर झगडा र गुनासाहरुबाट टाढै रहन तपाइँले हामीलाई सिकाउनुहुन्थ्यो । तपाइँलाई सम्झना छ आमा, हाम्रो व्यवहार देखेर त्यसबेला तपाइँ दिक्क परेको ? तर तपाइँको अनुभव काम लागेन त ।
जब यो घटना भयो, मैले सिकेको ज्ञान केही काम लागेन ।
आमा, तपाइँलाई थाहा छ, मैले एउटा लामखुट्टे पनि मारेकी छैन । साङ्लोे त जुँगा पकडेर बाहिर फालिदिन्थे । तर, अहिले मलाई जानीबुझी हत्यारा बनाइएको छ ।
जनावरप्रतिको मेरो प्रेमलाई अदालतमा ‘क्रुर पुरुष’ को जस्तो भनेर ब्याख्या गरियो तर, न्यायाधीशले घटनाका बेला मेरा नङहरु लामा र सिंगारिएका थिए भन्ने जान्न चाहेनन् ।
एकातिर ‘क्रुर पुरुष’ जस्तो भन्दै कुटियो अर्कोतिर नङ पालिस लगाइएका मेरा औंला हेरेर पनि कुटियो । जब मैले मेरो सौन्दर्यको अन्तिम निशानी कपाल खौरिदिएँ त्यसको पुरस्कार मलाई दिइयो– ११ दिनसम्म कालकोठरीको बास ।
न्यायाधीशसँग न्यायको अपेक्षा गर्नेहरु कति आशावादी हुन्छन् । तर, मलाई न्यायाधीशले मेरा हातहरु बक्सरका जस्ता खस्रा किन छैनन भनेर कहिल्यै सोधनन् ।
र, यो देश जसका प्रति तपाइँले मेरा मनमा मायाको विजारोपण गरिदिनुभएको थियो त्यही देशमा सोधपुछ गर्नेले मलाई निकै अश्लिल गाली गर्दै कुटपिट गरिरहँदा मेरो पक्षमा बोलिदिने कोही छैन, यहाँ म विरानी भएकी छु ।
यो सुनेर नरुनुहोला आमा, प्रहरी कार्यालयमा मलाई पहिलो दिन नै लामा र पालिस लगाइएका नङ देखेर कुटियो ।
मलाई थाहा छ अहिले सौन्दर्यको कदर छैन । अनुहारको सौन्दर्य, विचार र अभिलाषाको सौन्दर्य, सुन्दर लेखोट, आँखा र दृष्टिकोणको सौन्दर्य र मिठो आवाजको सौन्दर्य ।
मेरी प्यारी आमा, मेरो विचारधारा परिवर्तन भएको छ । तर, तपाइँ यसका लागि जिम्मेदार हुनुहुन्न । मेरा शब्दहरुको अन्त्य छैन र मैले यो सबै कसैलाई लेखेर दिएकी छु, यदि तपाइको जानकारी विना नै मलाई फाँसी दिइयो भने यो पत्र तपाइँलाई दिइयोस ।
मैले आफ्नो नासोका रुपमा केही हस्तलिखित दस्तावेज तपाइँका लागि छोडेकी छु ।
आफ्नो मृत्यु भन्दा पहिले म तपाइँलाई केही भन्न चाहन्छु । आमा, म माटो भित्रै कुहिन चाहन्न । म आफ्ना आँखा र जवान मुटु माटो बनुन भन्ने चाहन्न ।
त्यसैले प्रार्थना गर्छु, मृत्युदण्ड पछि चाँडो भन्दा चाँडो मेरो मुटु, मेरा मृगौला, मेरा आँखा, हड्डीहरु र त्यो सबै जसको प्रत्यारोपण गर्न सकिन्छ, मेरो शरीरबाट निकालेर आवश्यक व्यक्तिलाई उपहारका रुपमा दिइयोस ।
मेरा अंगहरु जुन व्यक्तिका लागि दिइन्छ उसलाई मेरो नाम नभन्नु होला । म चाहन्न ऊ मेरा प्रति अनुग्रहित होस र मेरा लागि प्रार्थना गरोस ।
मैले मेरो हृदयदेखि नै तपाइलाई भनिरहेकी छु, तपाइ मेरो चिहानमा आएर दुख व्यक्त गर्नुस र पीडित बन्नुहोस भन्ने म चाहन्न । म तपाइँले कालो लुगा लगाएर मेरो चिहानमा प्रार्थना गर्न आउनुहोस भन्ने चाहन्न ।
मेरा दुखका दिनहरु विर्सिदिनुहोला र मलाई हावाको जिम्मा लगाइदिनुहोला उडाएर निकै पर लैजानका लागि ।
यो संसारले हामीलाई माया गरेन । मेरो भाग्यले त्यसो हुन दिएन । अब म मृत्युलाई अंगाल्दै छु किनभने भगवानको अदालतमा अर्कै इन्सपेक्टर हुनेछन, त्यहाँ मैले इन्स्पेक्टर शामलोउलाई मुद्दा हाल्नेछु, न्यायाधीशहरु र यो मुलुकको सर्वोच्च अदालतको न्यायाधीशहरु जसले म जागै रहँदा सताइरहे उनीहरु विरुद्ध मुद्दा हाल्नेछु ।
सृष्टिकर्ताको अदालतमा मैले ति सबै जसले अज्ञानताबस वा गलत मनसायले मेरो अधिकार खोसे र कहिलेकाहीं वास्तविकता बाहिर देखिए भन्दा फरक हुन्छ भन्ने तथ्यमा ध्यान दिन चाहेनन् ति सबैविरुद्ध आरोपपत्र प्रस्तुत गर्नेछु ।
कोमल हृदयकी मेरी आमा, अर्को संसारमा अरुहरु आरोपित हुनेछन जुनबेला आरोपपत्र दायर गर्ने तपाइँ र म मात्रै हुनेछौं । हेरौं भगवान के चाहँदा रहेछन् ।
नमर्दासम्म म तपाइँलाई अँगालोमा बाँधीरहन चाहन्थे । आइ लभ यु । -रेहाना
Read more…

अबको २४ घण्टा भित्र निलोफर आँधीले भारी वर्षा हुने

एजेन्सी - नयाँदिल्ली : हुदहुद आँधीपछि भारतको पूर्वी तटीय क्षेत्रमा फेरि अर्को आँधी 'निलोफर' आउन लागेको छ। यो आँधीले यस साता गुजरातको कच्छ क्षेत्र र पाकिस्तानी तटीय क्षेत्रमा भारी वर्षा हुने अनुमान छ। यो आँधी हुदहुदजस्तो खतरनाक भने नहुन सक्छ तर आउँदो ७२ घन्टामा आँधीले निकै डरलाग्दो रूप भने लिन सक्ने चेतावनी भारतीय मौसम विभागले दिएको छ।

मौसम विभागले आइतबार आँधीबारे जानकारी दिँदै महाराष्ट्र, गोवा, कर्णाटक, गुजरातमा सतर्कता अपनाउन अपिल गरेको छ। विभागले भनेको छ, 'बुधबार र बिहीबार आँधीले वर्षा निम्त्याउने सम्भावना छ। अबको २४ घन्टामा निलोफरले ठूलो आँधीको रूप लिने देखिन्छ।'

मंगलबार बेलुकादेखि आँधीको गति तीव्र हुने र प्रतिघन्टा एक सय ४५ किलोमिटरले हावाहुरी चल्ने बताइएको छ। आइतबार साँझ निलोफर मुम्बईबाट एक हजार दुई सय ७० किलोमिटर पश्चिममा केन्द्रबिन्दु बनाइरहेको बताइएको छ। यसअघिको हुदहुद आँधीमा भारतले पहिले नै विशेष सतर्कता अपनाएको थियो।

समुद्री आँधीसँग जुध्न तयारी गर्ने क्रममै पाँच लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो। हुदहुद आँधीको तीव्रता पायलिनको जति भने थिएन। हिन्द महासागरमा उठ्ने आँधीको लागि आठ देश भारत, पाकिस्तान, माल्दिभ्स, म्यानमार, ओमान, श्रीलंका र थाइल्यान्डले मिलेर नाम राख्छ। प्रत्येक देशले आठ नाम राख्ने गर्छ र यसअनुसार ६४ वटा नामको सूची तयार हुन्छ।

यस पटक आइरहेको आँधी निलोफरको नाम पाकिस्तानले सिफारिस गरेको हो। -
Read more…

घाइते नागरिक भेट्न दिल्लीबाट आइपुगे इटालियन राजदूत

काठमाडौं- १० कात्तिक, नुवाकोटको बेलकोटमा सवारी दुर्घटनामा परि घाइते भएका आफ्ना नागरिकलाई भेट्न इटालीका राजदूत दिल्लीबाट काठमाडौं आएका छन् ।

 नेपालमा इटालीको राजदूतावास छैन । भारतका लागि इटालीका राजदूतले नै नेपाल समेत हेर्छन् ।
भारत र नेपालका लागि इटालीका राजदुत ड्यानिले मानसिनीको नेतृत्वमा आएको टोलीले सोमवार नर्भिक अन्तराष्ट्रिय अस्पताल पुगी घाइते इटालियन नागरिकको अवस्थाबारे जानकारी लिएको नर्भिक अस्पतालले जनाएको छ ।

केही दिन अघि नुवाकोटमा भएको सवारी दुर्घटनामा परी घाईते भएका दुई जना इटालियन नागरिक मार्ता लान्जी र कायरा मास्त्रोफिली नर्भिक अस्पतालको आई.सि.यू.मा भर्ना भएका छन् ।

राजदुत मानसिनीले विरामीको स्वास्थ्य अवस्था र उपचारबारे जानकारी लिएका थिए । त्रि.वि.शिक्षण अस्पतालका कार्डियाक सर्जन डा. अनिल भट्टराई र नर्भिक अस्पतालका बरिष्ठ मुटु रोग विशेषज्ञ डा. भरत रावतले उनीहरुको अवस्थाबारे जानकारी दिएका थिए ।
Read more…

नेतामाथि गोलभेडा बोतल र अण्डा प्रहार (भिडियो सहित)

 भारतविरुद्ध आक्रामक अभिब्यक्ति दिँदै आएका पाकिस्तान पिपल्स पार्टीका उपाध्यक्ष एवं हत्या गरिएकी पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोका छोरामाथि अण्डा र टमाटर प्रहार भएको छ ।

कश्मिरको स्वतन्त्रताको माग गर्दै बेलायतको लण्डनमा आयोजित मिलियन मार्चमा विलावलमाथि यस्तो आक्रमण भएको हो ।

पाकिस्चानी समर्थकहरु जम्मा भएर कश्मिरको स्वतन्त्रताको माग गरिरहेको समयमा विलावल गएर भाषण गर्ने कोशिस गरेका थिए । तर त्यहाँ जम्मा भएकाहरुले उनीमाथि गो विलाव गो भन्दै अण्डा र गोलभेडा प्रहार गरे ।

विलावल बोल्न पाएनन् बरु उनीमाथि खाली बोत्तल समेत प्रहार गरियो । विलावलाई आक्रमण गर्ने केहीलाई लण्डन प्रहरीले गिरफ्तार गरेको छ ।

मार्चको नेतृत्व सुल्तान महमूद चौधरीले गरेका थिए । उनलाई कश्मीरका पूर्वप्रधानमन्त्री समेत भनिन्छ ।

Go Bilawal Go slogans in Kashmir Million March... by tv786
Read more…

भाईटिका लगाईदिन आएकी आफ्नै बहिनीलाई दाजुले गरे बलात्कार....!

भाइटीका लगाइदिन आएकी बहिनीमाथि यौनहिंसा गर्ने मनिकापुर– ८ का ३८ वर्षीय एक दाजुलाई प्रहरीले पक्राउ गरेको छ ।
गोर्वद्धन पूजाको दिन बहिनीमाथि यौन हिंसा गर्ने उनलाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यलय बाँकेका प्रहरी नायज उपरीक्षक सुशिलसिंह राठौरले जानकारी दिए ।
Read more…

अर्काको श्रीमतीसंग लब गर्दाको परिणाम कस्तो हुदो रैछ थाहा पाउनु होस् ! श्रीमतीको प्रेमीलाई बञ्चरो प्रहार गर्दै श्रीमानले पारे टुक्रा–टुक्रा -

(एजेन्सी)- श्रीमानले धेरै पल्ट सम्जाई बुजाई गर्दा पनि  पत्नीले आफ्नो प्रेमीसँग भेट्न बन्द नगरेको कारण श्रीमानले यस्तो कदम उठाए कि श्रीमतीको न रहेगा बाँस न गजेगा बासुरी भयो । भारतको उत्तर प्रदेशको उन्नाव भन्ने जिल्लामा एक श्रीमानले आफ्नै घरमा उनको प्रेमीलाई बञ्चरो प्रहार गरेर टुक्रा–टुक्रा पारेका छन् ।
घटनाको खबर पाएलगत्तै उक्त इलाकामा तहल्का मच्चियो । पुलिसले मृतकको शवलाई पोष्टमार्टमको लागि पठाएको छ भने आरोपीलाई पक्राउ गरेको छ । हत्यामा प्रयोग भएको बञ्चरोलाई जगदीशपुरको जंगलबाट बरामद गरिएको थियो ।
पुलिसका अनुसार ३५ वर्षीय अनिल कुमार यादवको आफ्नै गाउँको मेडीलालकी श्रीमतीसँग लामो समयसम्म प्रेम प्रसंग चलिरहेको थियो । यो विषयमा अनिल र मेडीलालको धेरैपटक हात हालाहालको स्थिति पनि सृजना भएको थियो । स्थानीय गाउँलेलाई मान्ने हो भने गाउँभन्दा बाहिर फुलचन्द्र यादवलाई आग्रह गरेर उनले अनिललाई आफ्नो घरमा बोलाए । मेडीलाल हातमा बञ्चरो बोकेर अनिलको प्रतिक्षा गरेर बसिरहेका थिए । अनिल मेडीलालको नजिक पुग्ने बित्तिकै उनले अनिलको टाउको र गर्दनमा बञ्चरोले धेरै पटक प्रहार गरे । अनिल मरेको सम्झेर आरोपी त्यहाँबाट तत्काल फरार भए ।
अनिलको परिवारलाई घटनाको बारेमा जानकारी भएलगत्तै उनीहरु घटनास्थलमा पुगे जहाँ अनिल अझै सास फेरिरहेका थिए । उनका परिवारले उनलाई नवाबगंज सामुदायिक स्वास्थ्य केन्द्रमा लगे । उनको हालत गम्भीर देखेर डाक्टरहरुले उनलाई ट्रमा सेन्टर रिफर गरिदिए जहाँ डाक्टरहरुले अनिललाई मृत घोषणा गरे । अनिलको पिताको तर्फबाट पुलिसले मेडीलला र फुलचन्द्रका बिरुद्ध मुद्दा दर्ता गरेको छ । पुलिसले आरोपी मेडीलाललाई नजिकैको गाउँ पाठकपुरबाट पक्राउ गरिसकेको छ ।
Read more…

चर्चित फुटबल खेलाडीको गोलि हानी हत्या !!

कार्तिक १०, काठमाडौं,  दक्षिण अफ्रिकाको फुटवल टीमका कप्तानको गोली हानी हत्या गरिएको छ । दक्षिण अफ्रिकाली टीमका लागि गोलकीपरसमेत रहेका सेनजो मेयीवाको हत्या उनकै गर्लफ्रेण्डको घरमा गरिएको हो ।

घटना जोहानसवर्गको दक्षिणमा रहेको वोसलूरुसस्थित प्रेमीको घरमा प्रहरीले जनाएको बीबीसीमा खबर छ । २७ वर्षीय सेन्जो मेयीवा ओरलांडो पाइरेट्सका तर्फबाट खेल्ने गर्दथे । हत्या कसरी कस्ले गर्‍यो भन्नेबारे विस्तृतमा खुलेको छैन ।

Read more…

सार्बजनिक स्थलमै मज्जाले स्तन खेलाएर एड्स रोगिको उपचार गर्नुहोस !!

टोकियो । जापानमा अश्लील चलचित्रका नायिकाहरूको एक समूह लोकोपकारका लागि रकम उठाउन यसै साताको अन्त्यमा २४ घन्टासम्म आफ्नो स्तन प्रशंसकलाई खेल्न दिने तयारीमा छ । यसलाई सामान्य भाषामा ‘बुब एड’ अर्थात् स्तन सहयोगको नाम दिइएको छ ।

वयस्कहरूका लागि तयार पारिएको चलचित्रका नौ नायिकाले स्थानीय आमसञ्चारलाई आफ्नो सहयोग ‘स्टप एड्स’ अभियानका लागि हुने र यस प्रक्रियालाई टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने जानकारी दिएका छन् । उनीहरूले सहयोगी व्यक्तिलाई यस प्रक्रियामा भद्र भइदिन आग्रह गरेका छन् । ‘म आफ्नो स्तन मानिसहरूले खेलाएको हेर्न वास्तवमै प्रतीक्षारत छु’, टोकियो स्पोर्टस् नामक समाचारपत्रमा रिना सेरिनाले भनेका शब्दहरू लगभग यस्तै छन् ।

उनले आफ्ना स्तन खेलाउने व्यक्ति संवेदनशील भए आफू खुसी हुने बताएकी छन् । यस्तो कार्यक्रम आयोजना सन् २००३ मा आरम्भ भएको हो र यस वर्षको कार्यक्रम १२ औँ हो । यसलाई वयस्कहरूले हेर्ने केबुल टेलिभिजनमा प्रसारण गरिनेछ । यी स्तनसँग खेल्ने व्यक्तिले एड्सविरोधी अभियानमा सहयोग गर्नेछन् । पछाडि कपाल बाटेकी सेरिनाले कुनै पनि विवाद सिर्जना होला भन्ने कुरालाई ध्यानै नदिई आफ्नो स्तनले समाजला
ई योगदान दिन सक्ने कुरा आफूले कहिल्यै नसोचेको बताइन् । अर्की अश्लील चलचित्र नायिका इकु साकुरागीले आफ्नो स्तनलाई सयौँ हातले खेलाउँदा आफूलाई कुनै असजिलो नहुने बताइन् । ‘यो लोकोपकारका लागि हो । तिनीहरूलाई खेलाउनुस् र पैसा सहयोग गर्नुहोस् । हामी सबै खुसी बनौँ’, एक्काईस वर्षीया यी चलचित्र नायिकाले बताइन् । चौबीस घन्टे स्तन खेलाउने कार्यक्रम शनिबार स्थानीय समयअनुसार साँझ ८:०० बजे आरम्भ हुनेछ र यसलाई जापान फाउन्डेसन फर एड्स प्रिभेन्सनले सहयोग गरेको छ ।
Read more…