लमजुङमा एकै परिवारका ४ को हत्या, एकजना प्रहरी नियन्त्रणमा (भिडियोसहित)
लमजुङ, आश्विन १५ । लमजुङको भोटेओडार गाविसमा गएराति एकै परिवारका ४ जनाको हत्या गरिएको छ । भोटेओडार गाविस वडा नम्बर ४ रेग्मी गाउँका अर्जुन रेग्मीसहित उनका दुई छोरी र एक नातीको शव घाँटी रेटेर हत्या गरेको अवस्थामा बुधबार बिहान फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले दिएको जानकारीअनुसार रेग्मीका १५ वर्षकी छोरी ज्योति घिमिरे, ३५ वर्षकी छोरी रिना रेग्मी घिमिरे, उनका ११ वर्षका छोरा विकास घिमिरेको हत्या गरिएको हो ।
हत्या कसले र किन गर्यो भन्ने केही खुल्न नसके पनि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले अर्जुनका कान्छी श्रीमतीपट्टीका छोरा राममणी रेग्मीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पठाएको छ । नेपाली सेनाको हनुमानध्वज गुल्म महेन्द्रनगरमा कार्यरत राममणी गत भाद्र २५ गते घर आएका थिए । उनी झन्डै २ वर्षदेखि आफ्ना बाबुसँग छुट्टिएर बस्दै आएका थिए ।
घटनास्थलमा परिचालन गरिएका कुकुरले राममणीको घरमा देखाएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । स्थानीयबासिन्दाले समेत राममणीकै संलग्नतामा घटना भएको आशंका गरेका छन् । घटनामा प्रहरीले एउटा खुर्पा र अर्को अचानोको रुपमा प्रयोग हुनसक्ने काठ समेत बरामद गरेको छ ।
घिमिरे, उनका ११ वर्षका छोरा विकास घिमिरेको हत्या गरिएको हो । हत्या कसले र किन गर्यो भन्ने केही खुल्न नसके पनि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले अर्जुनका कान्छी श्रीमतीपट्टीका छोरा राममणी रेग्मीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पठाएको छ । नेपाली सेनाको हनुमानध्वज गुल्म महेन्द्रनगरमा कार्यरत राममणी गत भाद्र २५ गते घर आएका थिए । उनी झन्डै २ वर्षदेखि आफ्ना बाबुसँग छुट्टिएर बस्दै आएका थिए । घटनास्थलमा परिचालन गरिएका कुकुरले राममणीको घरमा देखाएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । स्थानीयबासिन्दाले समेत राममणीकै संलग्नतामा घटना भएको आशंका गरेका छन् । घटनामा प्रहरीले एउटा खुर्पा र अर्को अचानोको रुपमा प्रयोग हुनसक्ने काठ समेत बरामद गरेको छ । घटना भएको थाह पाउने बित्तिकै घटनास्थल पुगेका लमजुङका प्रहरी नायब उपरीक्षक अच्युतप्रसाद पुडासैनीले घरायसी रिसिइबीका कारण हत्या भएको हुनसक्ने भन्दै थप अनुसन्धान थालिएको जनाए । घटनाबारे क्षेत्रीय प्रहरी कार्यालय पोखराको टोलीले समेत अनुसन्धान थालेको छ । दसैंको मुखमा एकै परिवारका ४ जनाको हत्या भएपछि भोटेओडारको रेग्मी गाउँ शोकमा डुबेको छ । घटना भएको थाह पाउने बित्तिकै घटनास्थल पुगेका लमजुङका प्रहरी नायब उपरीक्षक अच्युतप्रसाद पुडासैनीले घरायसी रिसिइबीका कारण हत्या भएको हुनसक्ने भन्दै थप अनुसन्धान थालिएको जनाए । घटनाबारे क्षेत्रीय प्रहरी कार्यालय पोखराको टोलीले समेत अनुसन्धान थालेको छ ।
दसैंको मुखमा एकै परिवारका ४ जनाको हत्या भएपछि भोटेओडारको रेग्मी गाउँ शोकमा डुबेको छ ।
Comments[ 0 ]
Post a Comment