कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)
Wednesday, October 15, 2014
काठमाडौं, असोज २९– कोरिया सरकारले गत असोज १० र ११ गते लिएको इपीएस अन्र्तगत पाचौं कोरिया भाषा परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
सरकारले आज सार्वजनिक गरेको नतिजा अनुसार ३६६३ परीक्षार्थी उत्तीर्ण भएका छन् ।
जसअनुसार औद्योगिक क्षेत्रका लागि २७६८ र कृषि क्षेत्रको लागि ८ सय ९५ जना उत्तीर्ण भएका छन् ।
परीक्षाफल अनुसार उत्तीर्ण भएकामध्ये औद्योगीक उत्पादन क्षेत्रमा ९ प्रतिशत रहेको छ । त्यस्तै कृषिमा ३ दशमलब २ प्रतिशत मात्रै उत्तिर्ण भएका छन् ।
उत्तिर्ण हुनेमा पुरुष ३४ सय ६३ रहेका छन् भने २ सय महिला रहेका छन् ।
रोजगारका लागि पाँचौँ भाषा परीक्षामा ६२ हजार ५ सय १४ जनाले आवेदन फारम भरेका थिए । तर उत्तीर्ण भने कम भएका हुन् ।
अघिल्लो वर्ष भाषा परीक्षामा ७ सय १५ महिलासहित ८ हजार ५१ जना उत्तीर्ण भएका थिए ।
Tags:
News
Comments[ 0 ]
Post a Comment