अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले आगामी दशकमा विश्व अर्थतन्त्रमा प्रभाव पार्ने विश्वका उत्कृष्ट युवा अर्थशास्त्रीहरुको सूचिमा नेपाली मुलका युवा पराग पाठकको नाम पनि समावेश गरेको छ ।
नेपाली मुलका युवा पराग पाठक आगामी दशकमा विश्व अर्थतन्त्रमा प्रभाव पार्ने ४५ वर्ष मुनीका २५ अर्थशास्त्रीहरुमध्ये एक भएको आइएमएफको प्रकाशन ‘फाइनान्स एण्ड डेभलपमेन्ट’ ले उल्लेख गरेको छ ।
अमेरिकाको म्यासाचुसेट्स इन्स्टिच्यूट अफ टेक्नोलोजीका प्राध्यापक ३४ वर्षीय पराग पाठक अमेरिकामै जन्मे हुर्के पनि नेपाली आमाबाबुका सन्तान हुन् ।
अप्लाइड म्याथम्याटिक्सका स्नातकोत्तर पाठकले हार्वार्ड विश्वविद्यालयबाट विजनेस इकोनमिक्समा विद्यावारिधि गरेका छन् । उनी अमेरिकाको नेशनल ब्यूरो अफ इकोनमिक रिसर्चमा पनि रिसर्च एशोसियट भैसकेका व्यक्ति हुन् ।
एफ एण्ड डीले प्रकाशन गरेको २५ जनाको सूचिमा २३ जना अमेरिकाकै विश्वविद्यालयमा अध्ययन् गरेकाहरु छन् भने एक जना बेलायत र एकजना फ्रान्समा ।
त्यसैगरी उक्त सूचिमा अधिकांश अमेरिकी र दोस्रोमा फ्रान्सेली परेका छन् भने भारतीय नागरिक १ जना छन् ।
Comments[ 0 ]
Post a Comment