अब किन चाहियो त श्रीमती र गलफेन्ड ? आइप्याडमै सेक्स गर्न पाईने

स्मार्टफोन आधुनिक युगमा जिवनशैलीको अभिन्न अंग बनिसकेको छ । हामी स्मार्टफोन तथा ट्याब्लेटबाट अलग हुनै नसक्ने भएका छौँ । हाम्रा ग्याजेटलाई अब कसरी प्रयोग गर्ने तथा कुन कुन काममा प्रयोग गर्ने ? भन्ने विषयमा पनि विविधताको खोजी हुन थालेको छ ।toy
यहीँ खोजीको सिलसिलामा एक सेक्स ट्वाय निर्माता कम्पनीले आइप्याण्डलाई नै यौनखेलौना बनाइदिएको छ ।
आइप्याण्डसँग सेक्स ? कस्तो अनौठो र अपत्यारिलो । तर फ्लेसलाइट कम्पनीले यो सम्भव बनाइदिएको छ । कम्पनीले हालै फ्लेसलाइट लन्चप्याड नामक उपकरण सार्वजनिक गरेको छ । फ्लास लाइट आकारको तथा योनी जस्तो त्यो उपकरण आइप्याडको पछाडिपट्टी जोड्न सकिन्छ । यो वास्तवमा सेक्स ट्वाय हो । यो आइप्याड सँग जोडिने यो कृत्रिम योनीबाट पुरुषले आइप्याडमा यौन सामाग्री हेर्दै आफुलाई त्यसकै मज्जामा डुबाउन सक्ने दाबी कम्पनीको छ ।
कम्पनीका अनुसार यो ग्याजेटबाट प्रयोगकर्ताले आफ्नो यौनसाथीसँग स्काइपीमा लाइभ अनलाइन सम्भोगको मज्जा लिँदै अनलाइन सेक्सलाई अझै रोमाञ्चक बनाउन सक्छन् । कम्पनीले यो उपकरणको विज्ञापन समेत गज्जबको बनाएको छ । यसको ट्रेलरमै एकजना युवकले आफ्नी केटी साथीसँग भिडियो च्याट गर्दै यो कृत्रिम यौनांगको प्रयोग गरिरहेको देखिन्छ ।
छि, सूचना प्रविधिको चिजलाई कस्तो फोहोर बनाएको होला ? भन्ने प्रश्न धेरैले उठाउन सक्छन् भन्ने तर्फ सचेत हुँदै कम्पनीले अबका दिनमा ग्याजेटलाई मानिससँग अझै नजिक तुल्याउने लन्चप्याड राम्रो साथी बन्ने दाबी गरेको छ । यसको मूल्य २० पाउण्ड तोकिएकेा छ
Read more…

अस्ट्रेलियामा नेपाली चिकित्सकबाट मृत मुटुको सफल प्रत्यारोपण

(एजेन्सीबाट)- सिड्नी : नेपाली चिकित्सक डा. कुमुद धितालले मृत मुटुको सफल शल्यक्रिया गरेर चिकित्सका क्षेत्रमा ठूलो सफलता हाँसिल गरेका छन् ।

अस्ट्रेलियाली शल्यचिकित्सकहरुसँगको सहकार्यमा डा. धिताले सो सफलता हाँसिल गरेका हुन् । धडकन बन्द भएको एउटा मुटु प्रतिस्थापन गर्ने शल्यक्रियामा चिकित्सकहरुले शुक्रबार  सफलता पाएको खबर इन्डिपेन्डेन्टले छापेको छ । यो सफलताले अङ्ग दान गर्ने विधि परिवर्तन हुनसक्ने चिकित्सकहरुले अनुमान गरेका छन् ।

हालसम्म चिकित्सकहरू मस्तिष्क मृत भइसकेको व्यक्तिको शरीरमा रहेको तर धड्कन कायम रहेको मुटुमा भर पर्ने गर्थे । कहिलेकाँही यस्ता मुटुलाई बरफमा राखिन्थ्यो तथा बिरामी भएको स्थानतर्फ लगिन्थ्यो ।

सिड्नीको सेन्ट भिनसेन्ट अस्पताल तथा भिक्टर चाङ कार्डिक रिसर्च इन्स्टिच्युटले २० मिनेट बन्द भएको मुटुमा पुनः धडकन सञ्चालन गर्न सकिने र त्यसलाई बिरामीमा प्रतिस्थापन गर्न सकिने विधि विकास भएको जानकारी दिएको खबर द अस्ट्रेलियन ले पनि प्राथमिकताका साथ छापेको छ । 

यस विधिअनुसार हालसम्म तीन बिरामीमा मुटु प्रतिस्थापन भइसकेको उनीहरू अझै जिउँदो रहेको जानकारी दिइएको खबर डेली मेलले पनि छापेको छ । तेस्रा बिरामी हाल सघन उपचार कक्षमा रहेका छन् ।

सिड्नीको न्यु साउथ वेल्स विश्वविद्यालयका सहप्राध्यापक डा. कुमुद धितालले यस प्रकारको शल्यक्रिया तीनजनामा मात्र गरिएको बताए ।

उनले दाताको मुटुलाई अन्यत्र लैजान सकिने ‘हार्ट इन अ बक्स’ (एउटा बाकसमा मुटु) नामक मेसिनमा संरक्षणका लागि तयार गरिएको घोलमा न्यानोरूपमा राखिने र त्यसलाई अन्यत्र लैजान सकिने बताए ।

उनले हालसम्म तीन भिन्न अस्पतालबाट ल्याइएको मुटु बिरामीमा प्रतिस्थापन गरिएको बताए । यस अवधिमा यी मुटुलाई पाँचदेखि आठ घण्टासम्म धडकन सञ्चालन हुने अवस्थामा राखिएको थियो ।

सेन्ट भिनसेन्टको हार्ट ट्रान्सप्लान्ट युनिटका चिकित्सा निर्देशक पिटर म्याकडोनाल्डले सन् १९६० मा पहिलोपटक मुटुको शल्यक्रिया गर्दा पनि धड्कन चल्न छोडेको मुटुको प्रतिस्थापन भएको हुनसक्ने बताए । यसपछि तीन बालबालिकामा यस प्रकारको शल्यक्रिया गरिएको छ ।
Read more…

मंगल ग्रह चुम्ने एलिसाको इच्छा

अमेरिकाकी एलिसा कार्सनको उमेर १३ वर्षको भयो । तर, उनको इच्छा छ, मंगल ग्रहमा पाइला टेक्ने पहिलो मानिस बन्ने ।

मंगल ग्रहमा जाने, त्यो पहिलो पहिलो मानवका रुपमा यो चाहना राख्दैमा हुने होइन । तर, उनको सपना पूरा हुन सक्ने नासाले बताएको छ ।

एलिसाले नासामा ट्रेनिङ गरेकी छन् । नासाका पल फर्मेन भन्छन्, यस्तो इच्छा राख्ने बच्चाहरुलाई नासाले निकै गम्भीर रुपमा लिने गरेको छ ।

एलिसा यतिबेला विज्ञान पढिरहेकी छन् र उनीसँग थुप्रै भाषाको ज्ञान पनि छ । विदाको समयमा उनी पियानो बजाउन र फुटबल खेल्न रुचाउँछिन् ।
उनी नासाको तीनवटै वर्ल्ड स्पेस क्याम्पमा ट्रेनिङ लिने पहिली महिला हुन् ।

अमेरिकी स्पेस एजेन्सी नासामा उनलाई ब्लूबेरी नामले बोलाइन्छ ।

आगामी २० वर्षमा मंगल ग्रहमा पुग्ने उनको लक्ष्य रहेको उनका पिता बताउँछन् । दृढ इच्छाशक्ति र सही तालिमले एलिसालाई मंगलग्रहमा पुग्न सहयोग गर्ने उनका पिताको विश्वास छ ।

तर, मंगल ग्रहमा गएपछि र्फकन मुश्किल छ । एलिसा भने यसका बाबजुत जान चाहन्छिन् ।

-बीबीसीको सहयोगमा
Read more…

तीन जापानीज बैज्ञानिकले पाउने भए नोबेल पुरस्कार

काठमाडौं, आश्विन २२ ।  यस बर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार तीन जना जापनीज बैज्ञानिकलाई प्रदान गरिने भएको छ । नीलो एलडी लाइट्सको आविष्का

प्रोफेसर इसामु अकासाकी, हिरोसी अमानो र सुजी नाकामुरो सन् १९९० को शुरुमा पहिलो निलो एलइडी लाइट्स बनाएका थिए ।

रातो र हरियो एलइडी लाइट्ससंग निलोको संयोजन हुँदा कम उर्जा खपत हने र सेतो बती बनाउन सम्भव हुने उपाय उनीहरुले निकालेका थिए । उनीहरुको अनुसन्धानले पृथ्वीको तपक्रम बढ्न नदिन र गरिबीमा बाँचेका जनतालाइ सहयोग गर्ने अपेक्षा पनि गरिएको छ ।
र गर्ने तीन बैज्ञानिकलाई नोबेल पुरस्कार प्रदान गरिने भएको हो ।
Read more…